भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले
संविधानका विवादित विषयमा प्रमुख राजनीतिक
दलबीच सहमति हुनैपर्ने दोहोर्याएका छन् ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जाने क्रममा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित
पत्रकार सम्मेलनमा उनले प्रमुख विवादित विषयमा धेरै
समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन
तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्ने बताए ।
नेपालको राजनीतिक गाँठो नेपालीले नै
फुकाउनुपर्नेमा जोड दिँदै उनले भने, “छिमेकी
मित्रराष्ट्रको आवश्यक सहयोग र सल्लाहको जरुरत छ
।”
एमाओवादी अध्यक्ष दाहालले प्रमुख राजनीतिक
दलबीच भएका पछिल्ला संवाद सकारात्मक नै भए पनि
सहमति हुन नसकेकाे बताए ।
दलहरुबीच न्याय प्रणाली, निर्वाचन प्रणाली,
शासकीय स्वरुपमा सहमति भइसकेको भए पनि राज्य
पुनःसंरचनाको विषयमा सहमति हुन नसक्दा
राजनीतिक गत्यारोध बढेको भन्दै उनले नेपाली
कांग्रेस र नेकपा एमाले साँच्चै सहमतिका लागि तयार
हुने हो भने सहमति टाढा नभएको दाबी गरे ।
अध्यक्ष दाहालले आफूले पछिल्लो दिनमा राष्ट्रपति
रामवरण यादव र प्रमुख दलका नेतासँग निरन्तर संवाद
गरिरहेको जानकारी दिँदै सबै दल सहमतिमा आउने र
नेपाली जनताले जनअपेक्षित संविधान पाउने
विश्वास पनि व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफू
चीन जान लागेको उल्लेख गर्दै भ्रमणका क्रममा दुई
पार्टी र दुई मुलुकको सम्बन्ध विस्तारमा छलफल हुने
बताए ।
पार्टीका नेता बाबुराम भट्टराई भारत भ्रमणबाट
फर्केको केही समयपछि नै चीन जानुको पछाडि केही
कारण त छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष
दाहालले भने, “संयोग मिलेको मात्रै हो, अरु खास
केही कारण छैन ।”
चीन भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र
संविधान लेखनको विषयमा कुराकानी हुने र
चिनियाँ नेताको धारणा बुझ्ने उनको भनाइ थियो
। “नेपालको यथार्थ चिनियाँ पक्षलाई जानकारी
गराउने र उनीहरुको सकारात्मक सुझावलाई ग्रहण गर्ने
हुनसक्छ”, अध्यक्ष दाहालले भने ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता
गर्ने कार्यक्रम नरहे पनि चिनियाँ कम्युनिस्ट
पार्टीका उच्चस्तरीय नेतासँग भेटवार्ता हुने बताएका
छन् ।
0 comments:
Post a Comment