भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुटु बाहिर निस्केका शिशुको मृत्यु भएको छ ।
काठमाडौंको गंगालाल हृदय रोग केन्द्रमा सोमबार
गरिएको शल्यक्रिया असफल भएपछि नवजात शिशुको
मृत्यु भएको हो ।
वीपी कोइरालान स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा मुटु बाहिर निस्किएको अवस्थामा
जन्मिएको शिशुलाई सोमबार काठमाडौंको सहिद
गंगालाल हृदय केन्द्रमा भर्ना गरेर विशेष शल्यक्रिया
थालिएको थियो ।
गंगालालमा मुटु शल्यचिकित्सक डा। रमेशराज
कोइरालाको नेतृत्वको विशेष टोलीले गरेको
शल्यक्रिया असफल भएपछि शिशुको ज्यान गएको
गंगालाल हृदय रोग केन्द्रका चिकित्सक मनबहादुर
केसीले जानकारी दिए ।
शनिबार झापाको भद्रपुरकी २१ वर्षीया श्रुती
कार्कीको शल्यक्रिया गरी निकालिएको शिशुको
मुटु शरिरर बाहिर रहेको अवस्थामा जन्मिएको
थियो।
मुटु बाहिर भएको बच्चाको प्रतिष्ठानमा उपचार हुन
नसकेपछि शहिद गंगालाल भर्ना गरिएको थियो ।
आइतबार शिशुलाई एम्बुलेन्समार्फत काठडमाडौं
ल्याएर शहिद गंगालाल भर्ना गरिएको शिशुका
फुपाजु प्रकाश कार्कीले टेलिफोनबाट जानकारी
दिएका थिए ।
0 comments:
Post a Comment