भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
९ चैत, काठमाडौं । राजधानीको थापागाउँमा
हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव
फेला परेको छ ।
सिंहदरबार छेऊको हनुमानथानबाट थापागाउँतर्फ
जाने पुलकै छेऊमा साेमबार बिहान शव फेला परेको
हो । राति कसैले मारेर फालेको भेटेपछि स्थानीयले
बिहानै प्रहरीलाई खबर गरेका छन् ।
सडकमा हत्या गरेर फालिएको शब देखेपछि बिहानै
त्यहाँ मानिसको भिड लागेको छ । मृतक युवक
थापागाउँ नजिकै डेरा गरी बस्ने व्यक्ति रहेको
स्थानीय एक महिलाले सनाखत गरे पनि नाम र थर
पत्ता लागेको छैन ।
अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने पुरुषको शव
फेला परेको प्रहरीले जनाएकाे छ।
खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको
शवको टाउकोमा रगत देखिएको छ । प्रहरीले
घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का उठाएको छ ।
0 comments:
Post a Comment