Home » » सिंगापुरका पूर्व प्रधानमंत्री ली क्वान यूको निधन....

सिंगापुरका पूर्व प्रधानमंत्री ली क्वान यूको निधन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिंगापुरलाई सानो बन्दरगाहबाट कारोबारको
वैश्विक केन्द्र बनाउन सफल ली क्वान यूको ९१ वर्षको
उमेर निधन भएको छ ।
लगातार ३१ वर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका
ली क्वान यू सन् २०११ सम्म सरकारमा सक्रिय थिए ।
सिंगापुरको समृद्धिको सारा श्रेय ली क्वान यूलाई
दिइन्छ । यद्यपी सत्तामा लगातार बनिरहेकोमा
उनको आलोचना पनि हुने गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र अदालतले
उनका राजनीतिक विरोधीलाई निशाना बनाउनु
उनको शासनकालको अर्को आलोच्य पक्ष हो ।
सिंगापुरका वर्तमान प्रधानमन्त्री ली सिएन लुंग उनकै
छोरा हुन् । प्रधानमन्त्रीका प्रेस सचिवले ली क्वान
युको मृत्युको घोषणा गरेका हुन् ।
सिंगापुर जनरल हस्पिटलमा सोमबार स्थानीय
समयानुसार विहानै ३ः१८ बजे क्वानले अन्तिम सास
लिएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved