Home » » इस्लामिक अतिवादी विरुद्ध लड्न अरब मुलुकहरुको संयुक्त सेना बन्ने....

इस्लामिक अतिवादी विरुद्ध लड्न अरब मुलुकहरुको संयुक्त सेना बन्ने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १६ । अरब मुलुकहरुले संयुक्त
सेना बनाउन सहमति गरेका छन् । इजिप्टमा
चलिरहेको अरब लीग देशका प्रमुखहरुको बैठकले
अरबको संयुक्त सेना बनाउन सहमति गरेका हुन् ।
इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसिले
संयुक्त सेना बनाउन सहमति बनेको जानकारी
दिएका छन् ।
यमनको जारी संकट,
ईराक, सीरिया र लीबियामा इस्लामिक
अतिवादी समूहको बढ्दो प्रभाव रोक्ने
सम्बन्धमा छलफल गर्न जुटेका लीगका नेताहरु
संयुक्त सेना बनाउन राजी भएका हुन् ।
यद्यपि, यस्तो सेना निर्माण गर्न भने केही
महिना लाग्ने बताइएको छ । यमनमा शिया
हूथी विद्रोहीविरुद्ध साउदी अरबको
नेतृत्वमा दश देशका गठबन्धन सेनाले हवाई
आक्रमण जारी राखेको छ ।
आक्रमण यमनी राष्ट्रपति अबिद रब्बुह मन्सूर
अल हादीको समर्थनमा गरिएको हो ।
हूथी विद्रोहीले सत्ता कब्जा गरेपछि
हालैका दिनमा हादी रियादमा शरण
लिइरहेका छन् । यस प्रकरणमा सुन्नी अरब देशहरु
र शिया इरानबीच छद्म युद्ध भइरहेको
विश्लेषण पनि गरिएको छ ।
एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved