Home » » नयाँ प्रस्ताव ल्याए छलफल : दाहाल

नयाँ प्रस्ताव ल्याए छलफल : दाहाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष
पुष्पकमल दाहालले सत्ता साझेदार नेपाली कांग्रेस र
नेकपा एमाले दलीय सहमतिबाट संविधान निर्माण
गर्न तयार नभएको आरोप लगाएका छन्।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील
कोइराला आइतबार बिहान बालुवाटारमा भेटेपछि
माओवादी अध्यक्ष दाहालले कांग्रेस र एमाले
सहमतिका लागि जिम्मेवारीपूर्वक प्रस्तुत नभएको
बताए। 'जुलुस सुरु हुनुअघि नै उहाँहरू (कांग्रेस र एमाले) ले
सहमतिका लागि नयाँ प्रस्ताव ल्याए राम्रो हुन्छ,'
दाहालले भने, 'नयाँ प्रस्ताव ल्याए छलफलका लागि
तयार छौं।'
कांग्रेसका अन्य नेतासमेतको उपस्थितिमा भएको
भेटमा प्रधानमन्त्री कोइरालाले दाहाललाई
आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए।
तर, दाहालले कुनै समझदारी र सहमतिबिना
आन्दोलनका कार्यक्रम स्थगित गर्न नसक्ने धारणा
राखेका थिए। दलीय सहमतिका लागि एमाओवादी
प्रतिबद्ध रहेको सुनाउँदै उनले संविधान निर्माणको
तालिका बनाएर अघि बढ्न कांग्रेससँग प्रस्ताव गरेका
थिए।
कांग्रेस केन्द्रीय सदस्य एवं कानुन मन्त्री नरहरि
आचार्यले संविधानको प्रमुख विवादित मुद्दा
संघीयताका विषयमा माओवादी अध्यक्ष दाहालसँग
छलफल भएको बताए। 'प्रदेशहरूको सीमांकन र
नामकरणका विभिन्न विकल्पमा छलफल भए पनि ठोस
सहमति भइसकेको छैन,' आचार्यले बैठकपछि भने।
एमाओवादी अध्यक्ष दाहालले सत्यनिरूपण तथा
मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐनका विषयमा
सर्वोच्च अदालतको फैसलाले शान्ति सम्झौता र
अन्तरिम संविधानको मूल मर्ममाथि प्रहार गरेको
गुनासो गरेका थिए।
दाहालसँगको भेटपछि बसेको कांग्रेस र एमालेको बैठकले
संविधानसभा अध्यक्षलाई बैठक बोलाउन आग्रह गर्ने
निर्णय गरेको थियो। दुई दलको निर्णयसँगै
सभाध्यक्षले चैत २३ गतेका लागि बैठक बोलाएका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved