भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तपाईले कतै सुन्नु भएको छ, कुनै जोडी लामो समयदेखि
वैवाहिक सम्बन्धमा होस् तर उनीहरुबीच शारीरिक
सम्बन्ध नहोस् ? तपाईले पक्कै पनि सुन्नु भएको छैन
होला ।
तर, डेली मेलका अनुसार एउटा जोडी यस्तो छ जुन
वैवाहिक जीवनमा रहेर पनि महिला अझै भर्जिन
छिन् । उनी आफ्नो श्रीमानसँग खुसी पनि छिन् ।
अस्ट्रेलियाको मेलबर्न निवासी यो जोडीको
विवाह २०१२ मा भएको हो । ३० वर्षीया एरिका
हालोभे १५ वर्षको उमेरदेखि नै असेक्सुअल छिन् ।
उनका श्रीमान ३० वर्षीय एन्ड्रीउ हुन् ।
कथा सुरु गर्नुअघि तपाईलाई स्पष्ट पारिहालौं कि
असेक्सुअल मानिस त्यस्तो हुन्छन् जसलाई सेक्स या
सेक्स सम्बन्धी कुरा वा उनीहरु त्यसप्रकारको सम्बन्ध
राख्न कुनै रुची राख्दैनन् ।
एरिका जब १५ वर्षकी थिइन् त्यतिबेलैबाट उनलाई
थाहा थियो कि उनी असेक्सुअल हुन् । उनका
श्रीमान पेसाले आइटी कन्सल्टेन्ट हुन् र एरिकासँग
विवाह पनि गरेका छन् । किनभने उनी एरिकालाई
माया गर्छन् ।
विचित्रको कुरा त यो जोडीले कहिल्यै सेक्स गरेकै
छैन । असेक्सुअल भएका कारण एरिकाले एन्ड्रीउलाई
स्वयम बेश्यासँग सुत्न पठाउने गरेकी छन् ।
एरिकासँग विवाह भएपछि एन्ड्रीउले एरिकाकै
आग्रहमा दश जना बेश्यासँग शारीरिक सम्बन्ध कायम
गरिसकेका छन् । एरिका भन्छिन्–श्रीमानसँग सम्बन्ध
कायम गर्ने विषयमा सोच्ने बित्तिकै मेरो मनमा यो
सम्बन्धकै विषयमा तनाव सिर्जना हुने गर्दछ ।
तैपनि एरिका आफ्ना श्रीमानलाई धेरै माया
गर्छिन् । तर उनी आफ्नो श्रीमानको आवश्यकता
पुर्ति गर्नका लागि एक लिभ–इन पार्टनरको खोजी
पनि गरिरहेकी छन् ।
एन्ड्रीउ यस विषयमा भन्छन्–म एरिकालाई खुब मिस
गर्छु । तर सबैलाई थाहा छ कि कुनै प्रकारको
जोरजबरजस्ती गर्न चाहँदिन । म एरिकाबाट टाढा
जाने कोशिस पनि गर्छु तर यो सम्भव भइरहेको छैन ।
एजेन्सी
0 comments:
Post a Comment