भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । सरकारले प्रधानमन्त्रीका आर्थिक
सल्लाहकार रहेका डा.चिरञ्जीवी नेपाललाई नेपाल
राष्ट्र बैंकको नयाँ गर्भनर नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले
डा.नेपाललाई राष्ट्र बैंकको पाँचवर्षे कार्यकालका
लागि गभर्नरमा नियुक्त गरेको हो ।
यसअघि मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री
डा.रामहरण महतको संयोजकत्वमा गभर्नर सिफारिस
समिति गठन गरेको थियो ।
समितिले नेपालसहित राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय
गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम
सिफारिस गरेको थियो ।
राष्ट्र बैंकको गभर्नर बन्ने पक्का भएपछि दुईसाता
अघिमात्रै उनले प्रधानमन्त्रीको आर्थिक
सल्लाहकारबाट राजिनामा दिएका थिए ।
यसैबीच गभर्नर डा.युवराज खतिवडाको पाँच वर्षे
कार्यकाल बिहीबार नै सकिएको छ । बिहीबार
अन्तिम बैठक राख्दै उनले आफूलाई सहयोग गर्ने सबैलाई
धन्यवाद दिएका थिए ।
0 comments:
Post a Comment