Home » » अविवाहित छोरीले बच्चा जन्माएपछि...

अविवाहित छोरीले बच्चा जन्माएपछि...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काभ्रे: अविवाहित छोरीले बच्चा जन्माएपछि
काभ्रेको एक परिवार अचम्ममा परेको छ । आज
विहान ४ बजे घरमा बच्चा रोएको आवाज सुनिएपछि
छोरीको कोठमा गएर हेर्दा ५७ बर्षे आमा अचम्मित
भएकी छिन् ।
पनौती ३ बस्ने ३३ वर्षे अविवाहित कान्छी
तिमल्सिनाले विहान ओछ्यानमै छोरा जन्माएकी
छिन् । मानसिक सन्तुलन ठिक नभएकी तिमल्सिना
घरमा आमासंगै बस्दै आएकी थिईन् ।
नौमहिना सम्म आफुलाई छोरीको गर्भ रहेकोबारे
केही पनि थाहा नपाएको र छोरीको कोसगँ
शारिरीक सम्बन्ध थियो सो समेत थाहा नभएको
आमाले बताईन् ।
छोराबुहारी छुट्टीसकेको र घरमा छोरीसँगै आफु बस्दै
आएको ती वृद्ध आमाले बताएकी छिन् । अविवाहित
छोरीले बच्चा जन्माएको छिमेकीले जिल्ला प्रहरी
कार्यलयको महिला सेलमा जानकारी गराएपछि
घटना सार्वजनिक भएको हो ।
छोरा र आमालाई धुलिखेलस्थित सेभ हाउसमा
राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी
दिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved