Home » » आईएसद्वारा १०० अमेरिकी सैनिकको नाम सार्वजनिक.....

आईएसद्वारा १०० अमेरिकी सैनिकको नाम सार्वजनिक.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वासिङटन, चैत ८ – आफूलाई इस्लामिक स्टेट ह्याकिङ
डिभिजन भनाउने एक समूहले अमेरिकी सैनिक कर्मचारी
भनी १०० व्यक्तिको नाम तथा ठेगाना सार्वजनिक
गरी उनीहरूलाई मार्न आईएस समर्थकलाई आग्रह गरेको
एक अनुगमनकारी समूहले आइतबार जानकारी दिएको छ

ती सूचना ह्याक गरेर प्राप्त भएको बताइएको छ भने
त्यसमा वायुसेना, स्थलसेना तथा नौसेनाका
कर्मचारीको फोटो, उनीहरूको पद उल्लेख गरिएको
साइट इन्टेलिजेन्सले जानकारी दिएको छ ।
ह्याक गर्ने समूहले यी सूचना सरकारी सर्भर, डाटाबेस
तथा इमेलबाट प्राप्त गरेको दाबी गरेको छ ।
आफूलाई ह्याकर बताउने यस समूहले यी १०० सैनिक
कर्मचारीले इराक, सिरिया तथा यमनमा इस्लामिक
स्टेट समूहलाई लक्ष बनाइ आक्रमण गरेको दाबी गर्दै
आईएसका समर्थकलाई ती कर्मचारीमाथि आक्रमण
गर्न आग्रह गरेको छ ।
प्रतिरक्षा मन्त्रालय तथा एफबीआईका
अधिकारीहरूले न्यु योर्क टाइम्सलाई आफूहरू यस
चुनौतीका विषयमा जानकार रहेको र उक्त
वेबसाइटका विषयमा अनुसन्धान भइरहेको बताए ।
एक प्रतिरक्षा स्रोतले उक्त पत्रिकालाई प्रायः
सूचना सार्वजनिक विवरणमा उपलब्ध भएको र ती
सरकारी सर्भर ह्याक गरी प्राप्त गरेको नदेखिएको
बताए ।
इराक तथा सिरियाको ठूलो भाग इस्लामिक
लडाकूले आफ्नो नियन्त्रणमा लिएको छ र
अमोरिकाले एक अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गरी
इस्लामिक स्टेट समूहमाथि आक्रमण गरिरहेको छ ।
रासस÷एएफपी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved