Home » » आन्दोलन मात्रै हैन मुलुकमा युद्धकै खतरा छः भट्टराई

आन्दोलन मात्रै हैन मुलुकमा युद्धकै खतरा छः भट्टराई

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं। एकीकृत नेकपा माओवादी नेता
डा.बाबुराम भट्टराईले मुलुकमा आन्दोलनकोमात्र
नभएर युद्धकै खतरा रहेको चेतावनी दिएका छन् ।
आईतबार संविधानसभा अध्यक्ष सुवासचन्द्र
नेम्वाङसँगको भेटवार्तापछि भट्टराईले आन्दोलन बढ्दै
गएर युद्ध हुन सक्ने बताएका हुन् ।
सिंहदरबारमा करिब आधा घन्टाको भेटपछि भट्टराईले
दलहरुबीच चरम अविश्वाश रहेको र अविश्वाश घटाउने
बारेमा सभाध्यक्ष नेम्वाङको धारणा सुन्न भेटेको
बताए ।
अब हुने आन्दोलन निकै चर्को हुने दावी गर्दै भट्टराईलले
आन्दोलन बढ्दै गएर युद्ध समेत हुनसक्ने चेतावनी दिए ।
उनले प्रक्रियाबाट भन्दा सहमतिबाट चाँडो
संविधान बन्ने दावी गर्दै प्रक्रियाबाट चाँडै
संविधान बन्न नसक्ने ठोकुवा गरे ।
भेटपछि संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले
११ गते देखि मुलुक मुडभेडको अबस्थामा जान सक्ने संकेत
पाएको बताए । उनले तत्काल सहमति हुन दलहरुबीच
वार्ता र संवाद तत्काल सुरु हुनुपर्ने समेत उल्लेख गरे ।
नेम्वाङले सहमतिको बातावरण बनाउन आफू
क्रियाशील भएको पनि दावी गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved