भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर
युवा संघका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकले
पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई
कार्बाहीको माग राखेको छ ।
हेटौडामा सम्पन्न बैठकले युवा संघमा गुन्डागर्दी रहेको
अभिव्यक्ति दिएकाले कार्बाहीको माग राखेको
संघका प्रवक्ता प्रभातविक्रम कट्वालले बताए । उनले
भने, ‘‘बैठकले संघमा गुण्डागर्दी रहेको भन्ने अभिव्यक्ति
पुष्टि गर्न नेपाललाई चेतावी दिएका छौं ।’’
बैठकले संघको महाधिवेशनको मिति तोक्ने निर्णय
गरेको छ । संघको विवाद बढ्दै गएपछि संस्थापन पक्षले
हेटौडा र नेपाल पक्षले काठमाडौंमा बैठक राखेको
थियो ।
0 comments:
Post a Comment