Home » » कुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो हुन्छ ?

कुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो हुन्छ ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मान्छेको स्वभाव र भाग्य जन्मबारले निर्धारण गर्ने
ज्योतिष शास्त्रले पनि निर्धारण गर्दछ । कुन बार
जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो हुन्छ –

आइतबारः पुरुष आइतबार जन्मिने मानिस
भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ
। यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा
अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक
आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी
राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि
२२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री आइतबार जन्मिने स्त्री दान (पुण्य ) गर्ने र
बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली
मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख
बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै
उस्तै लाग्छ । सोमबार जन्मिने ब्यक्ति विद्वान, कला
कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने
ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता
ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् ।
यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र
पुत्रवति हुन्छन् ।

मंगलबारः पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया
धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै
कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् ।
यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र
सुख आउने जाने भैरहन्छ ।
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर
हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ ।
यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन
भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् ।
यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग
हुन्छ ।
स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि
राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छन् । सरस्वतीको
विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि
हुन्छन् ।

विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र
पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव
र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् ।
यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार
जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता
महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो
स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको
स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु
शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको
श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् ।
परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला
रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ
उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची
राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन
सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी
मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट
हुन्छ ।
स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर
अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका
हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन्
सक्छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved