भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । विश्व रेकर्ड बनाउँदै भारत विश्वकप
क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बिहीबार
भएको खेलमा भारतले बंगलादेशलाई १०९ रनले पराजित
गरेको छ ।
भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याएको बंगलादेश
४५ ओभरमा सबै विकेट गुमाएर १९३ रनमा समेटियो ।
यो संगै भारतले लगातार ७ खेलमा विपक्षीलाई
अलआउट गर्ने रेकर्ड बनाएका छ ।
भारतका उमेश यादवले ४, मोहमम्द सामीले २, रबिन्द्र
जडेजाले २ र मोहित शर्माले १ विकेट लिए ।
बंगलादेशका नासिर हुसैनले ३५, सबिर रहमानले ३०,
सौम्या सरकारले २९, मुस्फिकर रहिमले २७ र तमिम
इक्वालले २५ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले
निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन
बनाएको थियो ।
भारतलाई सम्मानजनक योगफलतर्फ डोहो¥याउन
रोहित शर्माले १३७ रन बनाए । वानडे करियरको
सातौ शतक हान्ने क्रममा उनले १२६ बलमा १४ चौका र
३ छक्का सहित १३७ रन बनाएका हुन् ।
यस्तै सुरेश रैनाले ६५, शिखर धवन ३० र रविन्द्र जडेजाले
२३, अजिन्क्या रहाणे १९ र महेन्द्रसिंह धोनीले ६ रन
बनाए ।
बंगलादेशका टक्सिन अहमदले ३, सकिब अल हसन, रुबेल
हुसैन र मोर्ताजाले १ विकेट लिए । भारतका रोहित
शर्मा म्यान अफ दि म्याच भए ।
0 comments:
Post a Comment