भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
न्युयोर्क, चैत ८ – अमेरिकाको न्यु योर्क राज्यको
ब्रुकलिनमा रहेको एक भवनमा शनिबार बिहान सबेरै
भएको लागलागीमा परी सात बालबालिकाको
मृत्यु भएको छ ।
न्यु योर्क प्रहरी विभागका अधिकारीकाअनुसार ५
देखि १६ वर्षका ती बालबालिकाहरु एक परिवारका
रहेका छन् । ती बालबालिकाहरुमा तीन छोरी र
चार छोरा रहेको पनि सो स्रोतले जानकारी
दिएको छ ।
ती बालबालिकाको अन्त्येष्टि सम्भवत आइतबार
अपराह्नमा हुने बताइएको छ । सो आगलागी
भान्छामा रहेको हट प्लेटबाट सुरु भएको प्रहरीले
अनुमान गरेको छ ।
आगलागीमा परी ज्यान गुमाउने बालबालिकाका
४५ वर्षीया आमा र एक अर्की १४ वर्षीया छोरीले
भने दोस्रो तलाको झ्यालबाट हामफालेर ज्यान
बचाएका बताइएको छ ।
तर ती दुवैको अवस्था पनि गम्भीर रहेको बताइएको छ
। यस आगलागी नियन्त्रणको लागि १०० भन्दा बढी
अग्नीनियन्त्रकहरुको सहभागिता रहेको जनाइएको छ
।
0 comments:
Post a Comment