भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, चैत्र १५ । इन्टरनेट
प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल
गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता
साइट अर्थात सोसियल नेटवर्कलाई नै
चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन
साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा
आफ्नो उपस्थिति देखाउन थालेको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले बनाएको सगुन
प्रयोग गर्दा अर्थात
खाता खोल्दा पैसा पाउन सकिने भएपछि
प्रयोगकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।
इन्टरनेटमा लत बसेकाहरु वा सोसियल नेटवर्क
साइटहरुमा अभ्यस्त बन्न चाहने
प्रयोगकर्ताहरुले सगुनलाई सजिलो र धेरै
सुविधायुक्त नेटवर्कका रुपमा स्विकारेका छन्
।
अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा
जुटेका गोबिन्द गिरीको नेतृत्वको
इन्जिनियरहरुको समुहले यस्तो एप्लिकेसनको
विकास गरेपछि चल्तीमा रहेका सोसियल
साइटहरुलाई चुनौती बनेको छ ।
पैसा प्राप्त गर्ने सुविधा, यसमा खाता
खोलेपछि सबै नेटवर्कहरुको प्रयोग गर्न सकिने
एडभान्स साइटको विकास भएपछि विश्वभर
वर्चस्व जमाएर बसेका अन्य एप्लिकेशन
कम्पनीहरुलाई चुनौति थपिएको हो ।
सन् २००९ मा सर्च इन्जिनका रुपमा विकास
भएको सुगुनलाई थप परिमार्जन गरी
सार्वजनिक गरेपछि यसलाई रुचाउनेहरु नेपाल,
भारत, अष्टेलिया, अमेरिकालगायतका
देशहरुमा धेरै देखिएका छन् ।
सार्वजनिक भएको केही साताममै यसमा
खाता खोल्नेहरुको संख्या दुईलाख
हाराहारीमा पुगेको छ । लगइन वा एड गरेको
आधारमा अन्य साइटहरु स्वयमले पैसा पाउने
व्यवस्था हुने भएपनि सगुनले प्रयोगकर्तालाई
पनि साझेदारका रुपमा अघि सारेको
संस्थापक गोविन्द गिरी बताउँछन् ।
‘यसलाई ब्राण्डिङ्गका रुपमा विकास गरेर
इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ स्वाद दिन
खोजेका हौ,’उनले भने–‘हामीले आफू मात्र
कमाउन खोजेका होइनौं प्रयोगकर्तालाई
पनि साझेदारका रुपमा अघि सारेका छौं ।’
के छ सुविधा
सगुनमा खाता खोलेपछि अन्य सोसियल
नेटवर्कहरुको तुलनामा पृथकता पाउन सकिन्छ
। फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट,
इन्स्टागामसहितका मेसेजिङ्गको विशेषता
यसमा पाउन सकिन्छ । यसमा रहेको ‘माई
सेक्रेट’ नामक फिचरबाट आफनो गोप्य कुरा,
फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो
समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ ।
आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट
गर्न सकिन्छ । यसैगरी आफ्नो समुह व्यवस्थित
गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदन प्रदान
पनि गर्न सकिन्छ । सगुनबाट पठाएको फोटो
तथा सूुचना सेयर हुनासाथ डिलिट हुन्छ ।
अर्को नौलो सुविधा भनेको तीनवटा
फोटोहरु एउटै फोटो बनाई सेयर गर्न सकिने
सुविधा हो ।
अर्को चाहीं अलइनवान पेज महत्वपूर्ण
मानिन्छ । ग्रिटिङ, क्यालेन्डर जस्ता
अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै
पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । यी
बाहेक सुगनडटकम प्रयोग गर्दै गएपछि अन्य धेरै
सुविधाहरु उपयोग गर्न सकिन्छ ।
खाता खोल्ने तरिका
अन्य सोसियल साइटहरुजस्तै sagoon.com
खोलेपछि यसभित्र गएर सगुनको आधिकारिक
सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा
साथी नबनेको भए ‘साइन अप’मा गएर नयाँ
युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न
सकिन्छ ।
फेसबुक, टयूटरमा सदस्य बनिसकेको भए फेसबुक,
टयूटरमा गएर ‘कनेन्ट विद फेसबुक वा टयूटर’मा
गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता
खोलेपछि अन्य नेटवर्कमा भएका
साथीहरुलाई रिक्वेस्ट पठाएर साथी बनाउन
सकिन्छ । सगुनमा साइनइन गरेर सदस्य बनेर
नियमित प्रयोग गर्न थालेपछि धेरै
सुविधाहरुको उपयोग गर्न सकिन्छ ।
यसरी प्राप्त हुन्छ पैसा
फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट,
इन्स्टागामसहितका मेसेजिङ साइटको
विशेषता भएको सोसियल कम्युनिकेशन साइट
सगुन डटकममा पहिलो पटक खाताखोल्दा ५
डलर प्राप्त हुन्छ । रकम ५ डलरमा मात्र
सिमित हुँदैन । क्रमशः यसको रकम बढदै जान्छ
।
त्यसकालागी साइटमा भएका फिचरहरुको
प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी
बैंकमा जम्मा हुँदै जान्छ । बैकमा जम्मा भएको
पैसा क्यास चाहीं लिन पाइदैन । जम्मा
भएको रकमबाट निश्चित समय पछि सगुनका
सुचिकृत बिक्रेता कहाँ गएर सामान खरिद
गर्न सकिन्छ ।
यस साइटलाई सोसल स्मार्ट कार्डको रुपमा
पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले
डिजाइन भएको यस कार्डले ग्राहकलाई
अनलाइन सपिङ गर्न साथै उपहार पठाउन
सहयोग गर्छ ।
सुचिकृत विक्रेताकहाँ गएर सबैभन्दा पहिले यो
स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी
डलर बराबरको पुरस्कार पनि प्राप्त गर्न
सकिने व्यवस्था छ । स्थानीय स्तरका बस्तुहरु
प्राप्त गर्न पनि सगुनले प्रयास जारी
राखेको छ ।
भावी योजना
सगुनडटकम टीमले विश्वमा भइरहेको
प्रविधिको चामत्कारिक फडकोमा
आफूलाई दरिलो स्पर्धीको रुपमा उभ्याएर
काम थालेको छ । संस्थापक गोबिन्द गिरीले
‘लङ ट्रम भिजन’ बनाएर तिब्र रुपमा कामहरु
अघि बढाइरहेको बताएका छन् । उनले यस्तो
अनौठो र ‘विग ड्रिम’ लामो समयको
अध्ययन पश्चात तय गरेको जिकीर गरेका छन् ।
विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरुले उपयोग
गरिरहेका चल्तीका सोसियल साइटहरुमाझ
केहीबर्षमै दरिलो प्रतिस्पर्धीका रुपमा
आफूहरुलाई खडा गर्ने दावी उनको छ ।
सानो देशको नागरिक भएपनि नेपाली
पहिचानका रुपमा यसलाई विश्वभर
सर्वाधिक प्रयोगकर्ताको मन जित्ने टीमको
योजना छ । अन्य साइटहरु प्रयोग गरेवापत
प्रयोगकर्ताहरुले पैसा भुक्तान गरिरहेको छन् ।
तर सगुनले प्रयोगकर्ताहरुमार्फत कमाएको
नाफालाई साझेदारी गर्ने काम गरिरहेको
छ ।
सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि
प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स
योजनाहरुको काम सुरु भइसकेको टीमले
बताएको छ ।
तीन–तीन महिनामा भर्सनहरु चेन्ज हुनेछन् ।
अबको भर्सनमा ‘कम्यूनिटी इभेन्ट’, ‘मुडवेस
कन्भर्सेसन’, सिटी गाइट, मोबाइल एप्लीकेसन
जस्ता सुविधाहरु थप गरिनेछ । अमेरिकी,
स्पेनिस, अफ्रिकीहरुलाई लक्षित गरि सगुन
थप विस्तार गर्ने तयारी गरिरहेको छ ।
0 comments:
Post a Comment