भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी : भोक लागेर खान नपाएपछि रिसाएका एक
यात्रु उडिरहेको जहाजभित्रै एयर होस्टेसलार्इ मुक्का
हानेपछि जहाजलार्इ फोर्स ल्यान्डिङ गरिएको छ ।
भोक लागेर स्यान्डविचको प्रतिक्षामा रहेका
यात्रुले खान नपाएको झोंकमा एयर होस्टेसलार्इ
कुटेपछि इजिजेटटको जहाजलार्इ इटालीको रोममा
मंगलबार फोर्स ल्यान्डिङ गरिएको खबर बेलायती
अनलाइन डेली मेलले उल्लेख गरेको छ ।
मिररका अनुसार भोकले खरिएका ती यात्रुले कराउँदै
‘म घण्टौंदेखि खानाका लागि पर्खिरहेको थिएँ,
मलार्इ भोक लागेको छ’, ती युवा यात्रुले यति
भनेपछि क्याबिनमै छिरी खाना नदिएको झोंकमा
एयर होस्टेसलार्इ मुक्का हाने ।
यो नाटकीय दृश्य स्वीटजरल्यान्डबाट १८० यात्रु
लिएर कोसोभोको प्रिस्टिना जाँदै गरेको
अवस्थामा मंगबलार बिहान ब्रिटिस बजेट एयरलाइन्स
इजिजेटभित्र भएको हो ।
एयर होस्टेसमाथि मुक्का हान्ने युवा नजिकै बसेका एक
यात्रुका अनुसार उनले खाना नदिएको झोंकमा
सिटबाट उठेर एयर होस्टेसलार्इ मु्क्का हानेपछि आफैं
पनि लडेका थिए ।
मुक्का खाएपछि एयरहोस्टेस जहाजभित्रै चिच्याएकी
थिइन् । एयर होस्टेसले कुटार्इ खाएपछि पाइलटहरुले
सुरक्षाको कारण जनाउँदै जहाजलार्इ इटालीको
रोमस्थित विमानस्थलमा फोर्स ल्यान्डिङ गराएका
थिए ।
कुटार्इ खाएकी एयर होस्टेसले स्विस पत्रिका
ट्वान्टी मिनेटसँग कुरा गर्दै स्यान्डविच नदिएको
झोंकमा एक यात्रुले यस्तो हिंस्रक प्रतिक्रिया
जनाउँदा आफू आश्चर्यचकित भएको प्रतिक्रिया
दिएकी छन् ।
कुटार्इ खाएकी एयरहोस्टेसको चिकितस्कहरुले तत्कालै
स्वास्थ्य परीक्षण गरेका थिए । कुटपिटमा संलग्न ती
यात्रुलार्इ इटालियन प्रहरीले तत्कालै
विमानस्थलबाट पक्राउ गरेको छ ।
इजीजेटले पनि यात्रुको कुटपिटबाट आफ्नो चालक
दलका एक सदस्य सामन्य घाइते भएको पुष्टि गर्दै उनको
चश्मा पनि फुटेको पुष्टि गरेको छ ।
0 comments:
Post a Comment