भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७१ साल चैत २७ गते। शुक्रबार। इश्वी सन्
२०१५ अप्रिल १० तारिख.....
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
अस्वस्थता अनुभूति हुनेछ।
तर, जिम्मेवारी भने
बढ्नेछ। सानातिना
काममै अल्झनुपर्ला।
अरूका काममै समय
बिताउनुपर्ला। समयमा काम पूरा नहुनाले
खिन्नता बढ्न सक्छ। व्यावसायिक
काममा खर्च बढ्नेछ। धर्मकर्ममा त्यत्ति
समय दिन नसकिएला। सेवामूलक काममा
पनि अवरोध आउला। सहयोगको आशा
देखाउनेहरूले धोका दिन सक्छन्, सचेत
रहनुहोस् ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
आस मारेको फल पुन:
प्राप्त हुन सक्छ। गोप्य
रहस्य पत्ता लगाउन
सकिने समय छ।
अप्ठ्यारो
परिस्थितिमा पनि केही काम बन्नेछन्।
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ।
सहयोगीहरूले काममा तत्परता देखाउन
सक्छन्। तर, सानातिना काम र घरेलु
समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा
पनि कमजोरी अनुभूति हुनेछ। कठिन
चुनौती सामना गर्नुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
दिन मनोरञ्जनपूर्ण रहनेछ।
नयाँ ज्ञान सिक्ने
मौका छ। तर व्यापार–
व्यवसायमा सोचेको
लाभ नमिल्न सक्छ ।
यात्रामा केही समस्या आउलान्। अलि
बाध्यताका काममा जुट्नुपर्ने योग छ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ।
आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी
साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण
सम्मान पाइएला। प्रेमको बन्धन कसिने
बेला छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
व्यापार तथा आर्थिक
कारोबारमा राम्रै
फाइदाको योग छ।
अधिकार संरक्षण गर्न
जुट्नुपर्ने समय छ। केही
प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न
गर्दा मौकाको फाइदा लिन सकिनेछ।
प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका
छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु
गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा
पाइएला। मुद्दा–मामिलामा पनि
विजयी भइनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
अप्रिय समाचारले
खिन्नता बढ्न सक्छ।
पढाइलेखाइमा पनि
ध्यान दिन नसकिएला।
व्यापार व्यवसायमा
समेत त्यत्ति फाइदा नहोला। काममा
अवरोध पुर्याउनेहरू सक्रिय हुनेछन्। आफूलाई
कमजोर भएको अनुभूति हुनेछ। खानपानको
असावधानीले स्वास्थ्य समेत कमजोर
बन्ला। सन्तान वा अनुयायी र
मातृशक्तिको सल्लाह, सहयोगले फाइदा
होला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
मान्यजनसँग असमझदारी
बढ्न सक्छ। विगतका
निर्णयले काममा
चुनौती आउने देखिन्छ।
अरूको सुझाव अप्रिय
लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ।
धोकामा परिएला। महत्वाकांक्षी
योजना गोप्य राख्दा फाइदा हुनेछ।
काममा परिवारजनको सहयोग र
मातृशक्तिको राय–सुझावबाट लाभ
उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि
सामान्य लाभ मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
सहयोगीहरूले साथ
दिनेछन् र आयआर्जनका
काममा सोचेजस्तै
सफलता मिल्नेछ।
आम्दानी बढ्नेछ।
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
कृषिकर्ममा भने केही चुनौती सामना
गर्नपर्ला। तापनि, नयाँ काममा हात
हाल्ने समय छ। प्रतिस्पर्धी र शत्रुपक्षलाई
परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने
मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
आर्थिक
क्रियाकलापमा
सोचेको फाइदा नउठ्न
सक्छ। बाध्यताका
काममा बढी खर्च हुनेछ।
अनावश्यक वादविवादमा परिएला,
विचारलाई तौलेर मात्र व्यक्त गर्नु
बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि
आलोचना गर्न सक्छन्। मान–सम्मानमा
आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा
आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा
पुरानो व्यवसायमा भने फाइदै हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
पारिवारिक
भेटघाटको समय छ।
विशेष व्यक्तित्वलाई
भेट्ने मौका आउला। ठूलै
फाइदाको आश्वासन
पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै
मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु
हातलागी होला। स्वादिष्ट भोजनको
अवसर मिल्नेछ। तर, पेटको खराबीले
सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि
धोका पाइने सम्भावना छ, सचेत
रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
काममा आलस्य जाग्ने र
खर्चको मात्रा बढ्ने
देखिन्छ। व्यवसायमा
लगानी बढाउनुपर्ने समय
छ। आफ्नै कमजोरीले
विवादमा परिएला, सचेत रहनुहोस् ।
मुद्दा–मामिला, वादविवाद र
प्रतिस्पर्धामा पनि कमजोर सावित
भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय
छ। वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन
सक्छ। टाढाको यात्रा व्यवस्थापनका
लागि लगानी गर्नुपर्ला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
धेरै लगानीपछि अलि
कम प्रतिफल पाइएला।
अरूको भरण–पोषणमा
खर्च हुनेछ। सञ्चित रकम
समेत खर्चनुपर्ला। तापनि
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी
हुने समय छ। कृषि तथा पशुपालनमा केही
कम र व्यापारमा प्रशस्त फाइदाको योग
छ। तर श्रमकोे समुचित मूल्यांकन भने नहुन
सक्छ। केही मालमत्ता हराउन सक्छन्, सचेत
रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
महत्वपूर्ण कामको
सन्दर्भमा शक्तिशाली
व्यक्तित्वहरूसँग मित्रता
बढ्नेछ। सरकारी काममा
पनि तत्काल फाइदा
उठाउन सकिनेछ। नोकरी र राजनीतिमा
लाग्नेहरूलाई विशेष फाइदा होला। रामै्र
आयआर्जन हुने काम सुरु होला। विभिन्न
अवसरले पछ्याउने समय छ। भविष्यका
लागि विशेष काममा जग बसाउने मौका
छ। मानसम्मान पनि बढ्नेछ।
0 comments:
Post a Comment