Home » » जहाँ मर्दा र सम्भोग गर्दा समेत कर तिर्नुपर्छ.....

जहाँ मर्दा र सम्भोग गर्दा समेत कर तिर्नुपर्छ.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सम्पत्ति, आय तथा सवारी साधन लगायतको कर त
सरकारलाई तिर्ने गरिएकै हो । तर दुनियामा यस्तो
देश पनि छ जसले कस्ता-कस्ता चिजमा कर लगाउँछन्
भन्ने कुरा थाहा पाइयो भने तिनछक पर्नुको विकल्प
छैन ।
त्यो देश अमेरिका नै हो । जहाँ मृत्यु, सेक्समा मात्र
होइन घाम ताप्दा र बेलुन चढ्दा समेत कर तिर्नुपर्ने
नियम छ । अमेरिकाका अनौठो खालका कर
नियमहरु यस्ता छन्-
१. सन् १९७१ मा अमेरिकाको रोड आइल्याण्ड
प्रान्तमा आर्थिक संकट समाधानका लागि
डमोक्र्याटिक पार्टीका सांसद बर्नाड
ग्लाडस्टोनले संसदमा नयाँ विधयेक पेश गरे ।
विधयेकमा गरिएको प्रस्ताव अनुसार उक्त राज्यमा
यौन सम्पर्क गर्ने हरेक जनाले प्रत्येक पटक २ डलर लेभी
बुझाउनु पथ्र्यो ।
२. अमेरिकाकै सिएटलमा मृत्युमा समेत कर तिर्नुप्र्छ ।
मर्ने मानिसका आफन्तले चिकित्सकीय जाँच गराउने
अधिकारीहरुलाई ५० डलर शुल्क बुझाउनुपर्छ । उक्त रकम
बुझाइसकेपछि मात्र सरकारी अधिकारीहरु मृतकको
अन्तिम संस्कारका लागि अनुमति दिन्छन् ।
३. अमेरिकाको अर्कन्सासमा टाटु बनाउनका लागि
मानिसहरुले ६ प्रतिशत बिक्रि कर तिर्नुपर्छ ।
४. अमेरिकी सरकारले मानिसहरुलाई घाम तापेको
समेत कर अशुल्छ । समुद्री किनारामा घाम ताप्न
अर्थात् ट्यानिङ गर्न त सित्तैमा पाइन्छ । तर इनडोर
ट्यानिङ सैलुनमा जाने मानिसहरुले उक्त सैलुनमा
बुझाउने रकमको अतिरिक्त १० प्रतिशत कर
सरकारलाई बुझाउनुपर्छ ।
५.अमेरिकाको कन्सास राज्यमा बेलुन चढ्दा समेत
सरकारलाई अतिरिक्त शुल्क तिर्नुपर्छ । हट एयर
बेलुनमा चढेर आकाशमा उडे बापत निश्चित शुल्कसँगै
अतिरिक्त कर समेत बुझाउनुपर्ने नियम छ । तर बेलुनमा
चढेर अर्को राज्यमा जाँदा भने कर तिर्नुपर्दैन ।
६.अमेरिकाको क्यालिफोर्नियामा खुल्ला रुपमा
फलफूल बेच्दा बिक्रि कर नलाग्ने भएपनि भेन्डिङ
मेसिनबाट फल खरीद गरी बेच्दा भने बिक्रि कर
तिर्नुपर्छ ।
७. अमेरिकाको अलाबामा राज्यमा खेल्ने तास
खरीद गर्दा समेत तासको मूल्यका अतिरिक्त १०
प्रतिशत कर तिर्नुपर्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved