Home » » प्रहरी जवान भर्ना प्रक्रियामा रमेश खरेलको चलखेल.....

प्रहरी जवान भर्ना प्रक्रियामा रमेश खरेलको चलखेल.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको
विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी
तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान
भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा
आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर
नम्बर दिएपछि विवादित बनेका हुन्। अन्नपूर्ण पाेस्ट
दैनिकमा समाचार छ ।
भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले
समितिका अन्य सदस्यलाई दबाबमा राखेर
लोकसेवाको सिद्धान्तविपरीत बढी नम्बर दिएपछि
जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ।
लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा
सिद्धान्तविपरीत गएर काम भएको भन्दै प्रहरी
मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका
लागि समय निर्धारण गरिएको हो।
मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा
छनोट शाखाले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म
जवानका लागि अन्तर्वार्ता लिने समय तोकेको छ।
विभागका प्रमुख एआईजी रमेशशेखर बज्राचार्यले विशेष
कारणवश अन्तर्वार्ता परीक्षा रद्द गरिएको बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved