भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । पाकेटमारी गरेर एक व्यक्तिले
ललितपुरमा तीन तले घर बनाएका छन् । नेपालका
विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय
नागरिक जितेन्द्र सिंहले पाकेट मारेकै पैसाले नख्खुमा
घर बनाएका हुन् ।
प्रहरीले ५० वर्षीय सिंह र उनका साथी दोलखा घर
भएका ४९ वर्षीय सन्चबहादुर तामाङलाई बुधबार
पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले कुमारपाटीबाट उनीहरुलाई पक्राउ
गरेको हो । महानगरीय अपराध शाखा ललितपुरका
प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले
३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए ।
‘पाकेटमारीबाटै आफूले ७०/८० लाख रुपैयाँ कमाएका
सिंहले बताएका छन्,’ इन्स्पेक्टर चन्दले भने,‘कतिपटक
पाकेट मारेँ भन्ने आफूलाई याद नभएको पनि सिंहले
बताएका छन् ।’
बेलाबेलामा भारतबाट ज्याकेट ल्याएर नेपालमा
बिक्री गर्ने भए पनि सिंहको आम्दानीको मुख्य
स्रोत नै पाकेटमारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको चार जनाको समुह रहेको
अनुसन्धानबाट खुलेको छ । आजको नयाँ पत्रिकामा
समाचार छ ।
0 comments:
Post a Comment