Home » » आजको राशिफल....

आजको राशिफल....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं.२०७१ साल चैत २१ गते। शनिबार। इश्वी सन्
२०१५ अप्रिल ४ तारिख.....

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
अधिकारका लागि
प्रतिस्पर्धा नै
गर्नुपर्ला। आशा देखाएर
धोका दिनेहरूले सताउन
सक्छन्। शत्रुहरूको चलखेल
बढ्नाले प्रशस्त चुनौती देखा पर्नेछन्।
तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ।
मौकाको फाइदा लिन सकिनेछ।
व्यापार तथा उद्योगतर्फ सामान्य
फाइदाको योग छ। यात्रामा विशेष
लाभ होला। शत्रुबाधा हट्नुका साथै
रोगबाट छुटकारा मिल्ने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
आफ्नो प्रतिभा अरूलाई
देखाउन सकिनेछ।
गुरुजनको विशेष सहयोग
जुट्नेछ। प्रयत्न गरेका
काम ढिलै भए पनि
सम्पादन हुनेछन्। प्रयत्न गर्दा उपलब्धि
राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति
हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ।
पेटको खराबीले स्वास्थ्य भने कमजोर
रहला। व्यावसायिक काम बीचमा
अवरुद्ध बन्न सक्छन्। सन्तानका माध्यमबाट
काम बन्न सक्छन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
स्थायी सम्पत्तिमा
केही विवाद आउने समय
छ। ढिलासुस्तीले काम
बिग्रन सक्छ। हातमा
आएको मौका गुम्ने
देखिन्छ, सचेत रहनुहोला। बिग्रिएको
सम्बन्ध र विगतका कमजोरीलाई
बिस्तारै सुधार गर्न सकिनेछ।
महत्वाकांक्षी योजना भने तत्काल
फलदायी नहोलान्। परिवारजन तथा
बन्धु–बान्धवबीच आत्मीयतामा कमी
आउला। पशु, भूमि र मातृधनबाट सामान्य
लाभ मिल्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
काममा रोकावट र
कममात्र फाइदा हुने समय
छ। सहयोगीहरूले हात
झिक्नाले अलि
अप्ठ्यारोमा परिनेछ।
आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो
समस्याले पनि झमेला आइलाग्ने योग छ।
दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न
सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।
काममा चुनौती देखिएलान्। आफ्नै
प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
विभिन्न अवसरले
तपाईंलाई पछ्याउनेछन्।
बोलीको प्रभाव पनि
बढ्नेछ। ठीक समयमा
सही निर्णय लिन
सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता
बढ्नेछ। तापनि, केही अवसर फुत्कने
सम्भावना देखिन्छ, सचेत रहनुहोला।
दीर्घकालीन रूपमा फाइदा हुने काममा
हात हाल्ने समय छ। तार्किक क्षमता
बढ्नेछ। विशेष सभा–समारोहमा भाग
लिने मौका छ। मानसम्मान पाइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
विगतको सफलताले थप
काम गर्न हौसला
मिल्नेछ। नयाँ कामको
प्रस्ताव आउनेछ।
तपाईंलाई अभिप्रेरित
गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन
होला। विछोडिएका परिवारजनसँग
भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने
समय छ। रमाइलो जमघटका बीच
स्वादिष्ट भोजनको आनन्द पाइएला।
विगतका कमीकमजोरीलाई पनि सुधार
गर्ने मौका छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
लामो यात्राको योग
छ। यात्राको व्यवस्था
मिलाउन खर्च भने बढ्नेछ।
आफन्त र साथीभाइसँग
सरसल्लाह नमिल्ने
देखिन्छ। अरूको फाइदाका लागि
उपयोग भइएला, सचेत रहनुहोस्। धेरै श्रम
गरेपछि अलि कममात्र फाइदा हुने समय छ।
विशेष महत्वपूर्ण काम तत्काल नबन्न सक्छ।
केही समय पर्खनुपर्ने देखिन्छ। गरी आएका
व्यावसायिक काम भने यथावत् बन्नेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
व्यावसायिक काममा
राम्रै फड्को मार्न
सकिनेछ। साझेदारी र
सट्टापट्टामा विशेष
लाभ मिल्नेछ। नयाँ
जिम्मेवारी पाइएला। लामो समयदेखि
रोकिएको काम बन्नुका साथै
आम्दानीको स्रोत समेत बढ्ने योग छ।
परिवारिक आवश्यकता पूर्ति हुनेछ।
श्रमको उचित मूल्यांकन होला।
पितृधनको उपयोगबाट विशेष फाइदा हुने
समय छ। नसोचेको फाइदा हुने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
महत्वपूर्ण कामको
सन्दर्भमा शक्तिशाली
व्यक्तित्वहरूसँग मित्रता
बढ्नेछ। सरकारी काममा
पनि तत्काल फाइदा
उठाउन सकिनेछ। नोकरी र राजनीतिमा
लाग्नेहरूलाई विशेष फाइदा होला। रामै्र
आयआर्जन हुने काम सुरु होला। विभिन्न
अवसरले पछ्याउने समय छ। भविष्यका
लागि विशेष काममा जग बसाउने समय छ।
मानसम्मान पनि बढ्ने योग छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
एउटै कामबाट दोहोरो
लाभ मिल्नेछ। विशेष
योजनाहरू बन्नेछन्।
धार्मिक अनुष्ठान र
मंगलमय कृत्य सम्पादन हुन
सक्छन्। आस मारेको काम बन्नाले उत्साह
जाग्नेछ। सानो प्रयत्नले ठूलो काम
सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई
फाइदा पुग्न सक्छ। सामाजिक काममा
रुचि बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ
हुनेछ। भाग्योन्नतिको समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
स्वास्थ्यले साथ
नदिनाले आज अनायासै
कामहरू रोकिन सक्छन्।
कमजोरी अनुभूति हुनेछ।
केही धनमाल हराउने वा
नष्ट हुने सम्भावना छ। पठनपाठन अवरुद्ध
बन्नेछ। पुरानो समस्या पुनः बल्झिन
सक्छ। प्रतिस्पर्धामा कमजोर सावित
भइएला। धेरै फाइदा नहोला।
योजनाअनुसार आजका काममा जुट्न
नसकिएला। धैर्य र स्वास्थ्यका लागि
आराम गर्नुपर्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
केही बाध्यताका
काममा जुट्नुपर्ला। दिन
मनोरञ्जनपूर्ण रहनेछ।
सरसापटमा खर्चनुपर्ला।
आतिथ्यपूर्ण सम्मान
पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
व्यवसायमा प्रशस्त लाभ हुनेछ। तर, खर्च
पनि तत्काल गर्नुपर्ला। यात्रामा केही
समस्या आउलान्। असमझदारीका बीच
पनि पारिवारिक सद्भाव कायम हुनेछ।
अरूको आदरभावप्रति भने शंका जाग्ने समय
छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved