भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
(एजेन्सी) रेस्लिङलाई धेरैले नाटक माने पनि यही
खेलको दौरान एक रेस्लरको निधन भएको छ । मेक्सिन
रेस्लर हिजो डेल पेरोको गत चैत ६ गते हजारौं दर्शकका
अगाडि निधन भएको हो ।
चर्चित डब्लुडब्लुईका स्टार रे मिस्टेरियोकले हानेको
लात्ती गर्दनमा खाएर अचेत बनेका ती रेस्लरको निधन
भएको थियो । किक खाएर अचेत बने पनि डेल पेरो
उनका प्रतिद्वन्द्वीले त्यसपछि पनि पिटिरहे भने अन्य
रेस्लरहरु आफ्नै तालमा एक अर्कासँग भिडन्तमा व्यस्त रहे
। जब उनले लामो समयसम्म कुनै प्रतिक्रिया देखाएनन् ।
तब मात्र अरुले केही भएको भन्ने चाल पाए । उनी अचेत
बनेपनि करिब २ मिनेटसम्म खेल चलिरह्यो । पछि रेफ्री
आएर खेल रोकेका थिए । त्यसपछि उनलाई त्यहाँ
प्राथमिक उपचारको प्रयास गरेपछि अस्पताल
लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको
थियो ।
आफ्नो पूरानो साथी अचेत भएको थाहा पाएपछि रे
मिस्टेरियो रिगमा नै रोएका थिए । पछि उनले
इन्स्टाग्राममा उनको र हिजोको फोटो सेयर गर्दै
श्रद्धान्जली व्यक्त गरे ।
३५ वर्षीइ हिजो लगभग २० सालदेखि यस खेलमा आबद्ध
थिए । उनी तीन पटक मेक्सिकन ट्याग टिम
च्याम्पियन रहिसकेका छन् भने उनी पूर्व राष्ट्रिय
लाइटवेट च्याम्पियन र मेक्सिकन नेस्नल च्याम्पियन
रहिसकेका छन् ।
0 comments:
Post a Comment