Home » » ६७ प्रतिशत समर्थनमा संविधान बनाएको भारतले ९१ प्रतिशतको समर्थनको विरोध गर्न सुहाउँछ ?

६७ प्रतिशत समर्थनमा संविधान बनाएको भारतले ९१ प्रतिशतको समर्थनको विरोध गर्न सुहाउँछ ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, ४ असोज ।
आफ्नै मुलुकको संविधान जारी गर्दा सम्पूर्ण
सभासद्का जम्मा ६७ प्रतिशतबाट पारित गराई लागू
गरेको भारतले नेपालमा ९१ प्रतिशतभन्दा
सभासद्द्धारा परित संविधानप्रति उदार छाति
देखाउन सकेन ।
विज्ञप्ती र मुखले नेपालको स्थायी शान्ति र
विकास देख्न चाहेको बताउने भारतका नेताहरुले
नेपालमा यस्तो वातावरण बन्दै जान थालेपछि
यसप्रति देखाएको सानो चित्तले भारतको देखाउने र
चपाउने दाँत फरक भएको देखिएको छ ।
नेपालमा पहिलोपटक संविधानसभाबाट संविधान
जारी भएकोमा छिमेकी भारतले चरम असन्तुष्टिको
नमुना प्रस्तुत गरेको छ। संविधानसभाले आइतबार
संविधान जारी गरेलगत्तै विज्ञप्ति जारी गर्दै
भारतले नेपाली जनतामा हार्दिक शुभेच्छा व्यक्त गरे
पनि ९१ प्रतिशतभन्दा बढी सभासद्ले जारी गरेका
संविधानलाई स्वागत गरेन।
विज्ञप्तिमा संविधान घोषणालाई ‘विचार गरेका
छौं’ जस्तो धम्कीपूर्ण वाक्य भारतले प्रयोग गरेको छ।
भारतले विज्ञप्तिमा नेपालमा संविधान जारी
भएकोबारे नभनी ‘नेपालको अवस्थाबारे विज्ञप्ति’
भनिएको छ।
‘नेपालको संविधान निर्माण प्रक्रियामा भारतले
सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी
संविधानको पक्षमा समर्थन गर्दै आएको छ, आज हुने
संविधान घोषणालाई हामीले विचार गरेका छौं’
भारतको विदेश मन्त्रालयले जारी गरेको
विज्ञप्तिमा उल्लेख छ, ‘हामी नेपाली जनतामा
हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छौं।’
भारतसँग सीमा जोडिएका विभिन्न जिल्लामा
भएका हिंसात्मक घटनाप्रति विज्ञप्तिमा चिन्ता
व्यक्त गरिएको छ। यस विषयमा काठमाडौंस्थित
भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग
कुराकानी गरेको समेत विज्ञप्तिमा बताइएको छ।
भारतले विज्ञप्तिमा भनेको छ, ‘हामी अनुरोध गर्न
चाहन्छौं कि विवादित विषय हिंसारहित स्वतन्त्र
वातावरणमा संवादसहित सर्वस्वीकार्य
स्वामित्वमा संस्थागत हुनुपर्दछ।’ यसले मात्र नेपालको
एकता, समृद्धि र विकास सुनिश्चित गर्ने भारतको
धारणा छ।
स्मरण रहोस् नेपालमा सुरक्षाकर्मीलाई आन्दोलनका
नाममा भाला रोपी रोपी मार्दाताका नै
भारतीय प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा
भएको सम्प्रदायिक दंगाका नाममा ९ जना
सर्वसाधारणको मृत्यु भएको थियो । त्यहाँ सरकारले
सेना परिचालन गरेको थियो ।
आफ्नो गृहराज्यमा भएका सामान्य घटनामा सेना
परिचालन गर्ने भारतीय सरकारले नेपालमा ९ जना
सुरक्षाकर्मीलाई इदी अमिल शैलीमा कुटी कुटी
घाइते बनाई जिउँदै आगो लगाउँदा उल्टै त्यस्ता
समुहलाई नै संरक्षण प्रदान गरी अस्थिरता फैलाउन
खोज्नु पटक्कै शोभनीय कुरा होइन । यो आफ्नो
आंगको भैंसी नदेख्ने र अरुको आंगको जुम्रा देखेर
खिशिट्युरी गर्ने प्रवृत्ति मात्र हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved