Home » » वार्ताको अध्याय सकियो, अब भारतको भरमा छौँ : मोर्चा

वार्ताको अध्याय सकियो, अब भारतको भरमा छौँ : मोर्चा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, असोज ५ । संविधानसँग असन्तुष्टहरुबीच
बृहत् मोर्चाबन्दी गर्ने योजनासमेत मोर्चाले बनाएको
छ । यसअघि राजधानीमा भदौ ३१ गते बसेको बैठकले
उनीहरुसँग मोर्चाबन्दी र कार्यरत एकता गर्ने निर्णय
गरेको थियो । मंगलबार साँझ सप्तरी सदरमुकाम
राजविराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान
गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए ।
‘हामी वार्ता र संवादबाटै निकास खोज्न तयार
थियौं । तीन दलले जबर्जस्ती गरेर यहाँ ल्याई पुर्याए
। जहाँबाट अब फर्कन गाह्रो भइसक्यो’, ठाकुरले
भने,‘सरकार र तीन दलले वार्ताको अध्याय समाप्त
गरेका छन् । अब हामी सबै उपेक्षित र असन्तुष्टसँग मिलेर
अघि बढ्छौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved