Home » » बामदेवले भने- चाँडो सरकार छाड्न चाहन्छु

बामदेवले भने- चाँडो सरकार छाड्न चाहन्छु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ओलीको नेतृत्वमा रााष्ट्रिय सरकार बन्ने विश्वास
४ असोज, काठमाडौं । उपप्रधानमन्त्री एबं गृहमन्त्री
बामदेव गौतमले आफ्नो ऐतिहासिक अभिभारा पूरा
भएको भन्दै सरकार छाड्न आतुर रहेको बताएका छन् ।
गृहमन्त्री र सभासदको हैसियतमा संविधान जारी
गर्ने ऐतिहासिक दायित्व आफूले निर्वाह गरेको भन्दै
गौतमले अब संविधानबमोजिम नयाँ सरकार गठनको
प्रक्रिया थाल्नुपर्ने बताए ।
अनलाइनखबरसँग कुरा गर्दै एमाले उपाध्यक्ष समेत रहेका
मन्त्री गौतमले भने-‘मेरो ऐतिहासिक अभिभारा पूरा
भएकाले अब म जतिसक्यो छिटो सरकारबाट बिदा
हुन चाहान्छु ।’
गौतमले संविधान जारी गर्ने अभिभारा बोकाएर
पार्टीले आफ्नो नेतृत्वमा सरकारमा पठाएका
मन्त्रीहरुलाई पनि सहयोगका लागि धन्यवाद
दिएका छन् ।
गौतमले भने-पार्टीले दिएको जिम्मेवारी हामीले
पूरा गरेका छौं, अब संविधानबमोजिम र दलहरुको
सहमतिबमोजिम चाँडो राष्ट्रिय सहमतिको सरकार
गठनतर्फ अघि बढ्नुपर्छ ।
गौतमले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी
शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकारले
संविधानको रक्षा, कार्यान्वयन र प्रवर्द्धनमा
सिंगो मुलुकलाई एक ढिक्का बनाएर लैजाने
विश्वाससमेत व्यक्त गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved