Home » » राष्ट्रपति केबी , प्रधानमन्त्री केपी र सभामुखमा महरा !

राष्ट्रपति केबी , प्रधानमन्त्री केपी र सभामुखमा महरा !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, ४ असोज ।
यदि दलहरुबीचको सहमति उल्टिएन भने काँग्रेसले
राष्ट्रपति पाउने छ । यस हिसाबले गणतन्त्र नेपालका
पहिलो र दोस्रो राष्ट्रपति काँग्रेसकै हुनेछन् ।
काँग्रेसबाट राष्ट्रपति को होला ? धेरैको अनुमान
सुशील कोईरालातर्फ छ । तर, कोइरालालाई भजाएर
काँग्रेसमा हावी हुन खोजेकाहरु उनलाई सेरेमोनियल
राष्ट्रपति होइन पुन: पार्टी सभापति हुन
उक्साइरहेका छन् ।
यदि यो अवस्था आएमा काँग्रेसबाट राष्ट्रपतिको
उमेद्वारको रुपमा केबी गुरुङ अघि आउने सम्भावना हुन्छ
। बयोवृद्ध नेता गुरुङ जनजाति समुदायको नेतासमेत
भएकाले उनको नाम चर्चामा आएको हो । त्यसो त
वर्तमान राष्ट्रपति डा. रामवरण यादवले पनि आफ्नै
पुनरावृत्तिका लागि काँग्रेसमा लविङ तिब्र
पारेका छन् । प्रधानमन्त्री एमालेले पाउने अवस्थामा
अध्यक्ष केपी ओली निर्विकल्प उम्मेद्वार हुन् । ओली
प्रधानमन्त्री बन्नेमा काँग्रेसमा पनि ठूलो विवाद
छैन भने एमाओवादीले त उनको नाम प्रस्ताव नै गरेको
हो । साँघु साप्ताहिकमा खबर छ ।
भद्र सहमति अनुसार एमाओवादीले समामुख पाउँदा
को होला ? अहिले सबैको नजर कृष्णबहादुर महरामा छ
। सभामुख चलाउने हैसियत र हाईट एमाओवादीका
दोस्रो तहका नेतामा महरामा जति अरुमा छैन । तर,
पार्टीमा महरा प्रचण्डका दाहिने हात हुन् । आफ्ना
भनिएकाहरुले धमाधम धोखा दिइरहेका बेला
महरालाई सभामुख बनाएर पठाउँदा पार्टीमा आफू
समस्यामा पर्ने डर प्रचण्डलाई छ ।
अहिलेकी उपसभामुख ओनसरी घर्तिलाई सभामुख
बनाउन वर्षमान पुनले दवाव दिन सक्छन्, तर उपसभामुख नै
बढी भएको बेला उनलाई सभामुख दिने कुरा सम्भव हुन
नसक्ने एमाओवादी स्रोत बताउँछ । यस्तो अवस्थामा
अग्नि सापकोटा एमाओवादीबाट सभामुखका
उम्मेद्वार बन्न सक्ने सम्भावना पनि छ ।
मधेसी दलको भागमा पर्ने उपराष्ट्रपतिमा अहिले नै
यो भन्ने अवस्था छैन । किनकी मधेसी दलहरु
आन्दोलनमा छन् । यदि तीन दलभित्रैबाट
उपराष्ट्रपनि बन्ने अवस्थामा एमालेका रामपृत
पासवान उपराष्ट्रपति बन्नसक्ने चर्चा छ । उनी
राष्ट्रियसभाका पूर्व उपाध्यक्षा तथा पहिलो
राष्ट्रपतिको उम्मेद्वारसमेत बनेर फिर्ता भएका
व्यक्ति भएकाले उनको स्वभाविक दावेदारी रहनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved