भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मंगलवार, मंसिर ९, पानीले शरिरलाई
जीउनका लागि उर्जा दिने काम गर्छ र
यसको सही मात्राले हाम्रो पाचन प्रणालीलाफ
पनि काम गर्न मद्धत गर्छ । पानी पिउनु
स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, तर
केही अवस्थामा पानी पिउनाले
स्वास्थ्यमा प्रतिकूल असर गर्छ । खाना खानु
भन्दा ठिक पहिले पानी पिउनाले पाचन
शक्ति कमजोर बनाउँछ । गलत
समयमा पानीको प्रयोग गर्नु
स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । अजीर्णे
भेषजं वारि जीर्णे वारि बलप्रदम्। भोजने चाऽमृतं
वारि भोजनान्ते विषप्रदम्।। यस
श्लोकमा भोजनपछि लगत्तै पानी पिउनु हुँदैन ।
खाना खाएपछि जब खाना पच्छ तबमात्र
पानी पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक
हुन्छ । खाना खानेबित्तिकै पानी पिउनाले
खाना राम्ररी पच्न पाउँदैन र शरिरमा प्राप्त हुने
उर्जा समेत ठिक तरिकाले प्राप्त हुँदैन । अपच
भएको अवस्थामा पेटसम्बन्धी रोगले सताउने
सम्भावना बढ्छ । त्यसैले खाना खानेबित्तिकै
पानी पिउनाले उक्त पानीले विषसमान काम गर्छ ।
खाना अगाडि करिब १
घण्टा वा आधा घण्टा पहिले १-२ गिलास
पानी पिउन सकिन्छ र खाना खाँदे गर्दा बीच-
बीचमा १-२ घुट्की पानी पनि पिउन सकिन्छ तर, धेरै
पानी भने पिउनु हुँदैन । पानी कति बेला खानेः -
हामीलाई जब प्यास लाग्छ तब कम्तिमा १ गिलास
पानी पिउनुपर्छ । यस्तो गर्दा हाम्रो शरिरमा हुने
पानीको कमी पुरा हुन्छ । - शारीरिक परिश्रम
गरेपछि सकेसम्म केही बेरपछि मात्र पानी पिउनु पर्छ।
काम गरेको करिब आधा घण्टापछि मात्र
पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
0 comments:
Post a Comment