भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई–बलिउडका खेलाडी भनिने अक्षय कुमार
आफ्नो फिल्म ‘खेलाडी ७८६’ का कारण
विवादमा मुछिएका छन् । सन् २०१२ मा रिलिज
भएको उक्त फिल्ममा धार्मिक भावनालाई ठेस्
पुर्याएको भन्दै अदालतले अभिनेता विरुद्ध
अनुसन्धानको आदेश पुलिसलाई
दिइसकेको बताइएको छ ।
सुनुवाईको दौरान कोर्टका न्यायाधिस आरके
क्षीरसागरले अभिनेतालाई सिधै पक्राउ
गर्नुभन्दा घटनाको उचित छानबिनका लागि आदेश
दिइएको बताएका छन् ।
उनीबिरुद्ध मुद्दा दर्ता गर्ने नसीम बनोका वकिल
अभिनाश कुमार देबेका अनसार, फिल्मको एक
दृश्यमा अक्षय कुमारले ‘७८६’ लाई
प्रतिचित्रमाथि सील लगाएको देखाइएको छ ।
उनी भन्छन्, ‘विभिन्न समुदायले यो नम्बरलाई निकै
विशिष्ठ मानेर पूजा गर्ने गर्दछन् ।’
उजुरीमा फिल्मका निर्माता र
निर्देशककोृ पनि नाम समावेश गरिएको छ ।
अदालतले मुम्बई पुलिसलाई ११ फेब्रुअरीसम्म रिपोटए
बुझाउन आदेश दिएको छ । (एजेन्सी)

0 comments:
Post a Comment