भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तपाई हामीले बुझ्ने गरेको बसपार्क यात्राको सुरुवात र
यातायातको अन्तिम गन्तब्य अथवा सामान्य
रुपमा भन्दा लामो तथा छोटो दूरीका यातायातको साधनले बस रोक्न
आधिकारिक अख्तियारी पाएको ठाउँ हो बसपार्क ।
यात्राको लागि आवश्यक सेवा सुविधायुक्त ठाउँ भनेर बुझ्ने गरिन्छ बस पार्कलाई
। सर्वसाधारणहरु टिकट काटेर बस चढ्ने ठाउँलाई बसपार्क भनेर बुझ्ने
गर्दछन् ।बसपार्क सुन्दर शान्त र यात्रुहरुको लागि सुविधायुक्त हुन
जरुरी हुन्छ । तर नेपालका अधिकांश
जिल्ला तथा क्षेत्रका बसपार्कहरु यात्रुहरुको लागि भन्दा पनि यौन
कर्मी तथा ग्राहकहरुलाई जवानी बिसाउने ठाउँ
बन्ने गरेको पाइएको छ । देशका विभिन्न सहरमा रहेका बसपार्कमा सुलेआद
यौन धन्दा संचालनमा आएको कुरा हामीले पटक पटक संचार
माध्यममा पढ्दै, सुन्दै र देख्दै आएका छौं । यस्तै
बसपार्कहरुकोबीचमा काठमाडौंको नयाँ तथा पुरानो बसपार्क
पनि चर्चामा छ । बसपार्क वरपर यात्रुहरुको लागि बास बस्ने उद्देश्यले
निमार्ण गरिएका होटल, लज तथा गेष्ट हाउसहरु
यौनकर्मीको व्यावसाय गर्ने स्थल बनेको छ भने
ग्राहकहरुको जवानी बिसाउने ठाउँ ।
काठमाडौंको नयाँ बसपार्कमा तपाई साँझ पख पुग्नु भएको छ ? पुग्नु भएको भए
त्यहाँको बास्तबिक अवस्था तपाईले बुझिसक्नु भएको होला ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई अहिले अघोषित रेडलाईट एरिया भन्न
थालिएको छ । तपाई साँझपख त्यता पस्नु भयो भने तपाईलाई पनि त्यस्तै लाग्न
सक्छ । नयाँ बसपार्क अहिले यौन
कर्मीहरुको अखडा बनेको छ । साँझ पर्ने वित्तिकै
ग्राहकको खोजीमा बसपार्क
क्षेत्रमा दर्जनौं यौनकर्मीहरु भौतारिने गर्दछन् ।
ग्राहकको खोजीमा रहेका यौनकर्मीहरुले
बाटोमा ग्राहकहरुलाई तछाड मछाड गर्दै तानेको देख्न पाईन्छ । जब साँझ
पर्दछ, बसपार्कको बाटो पैदल यात्रा गर्नेहरुलाई उनीहरुले
जिस्काउने, बोलाउने र पाखुरीमा झुण्डिएर लाने समेत गर्दछन् ।
कान्छाहरु पनि सक्रिय विभिन्न होटल, गेष्टहाउस तथा रेष्टुँरेन्टमा काम
गर्ने तथा हेरचाह गर्ने कर्मचारीलाई नयाँ बसपार्क
क्षेत्रमा कान्छा नामले सम्बोधन गरिँदो रहेछ । कान्छाहरु साँझ
परेपछि यौनकर्मीलाई ग्राहक खोज्नमै व्यस्त बन्छन् ।
उनीहरु गेष्टहाउसमा बस्न आउने ग्राहकहरुलाई
खुसुक्क सोध्छन् र यौनर्मीहरुलाई रातको ९, १०
बजेपछि ग्राहकको कोठामा पठाइदिन्छन् । उनीहरुले एक
रातको २ देखि ५ हजारसम्ममा यौनकर्मी मिलाई दिर्ने गर्दछन्
भने त्यसबापत ५ सय देखि एक हजारसम्म कमिसन पाउँछन् । तर,
कान्छाहरुले प्रहरी चेकिङ बाट जोगाइ दिने अथवा अग्रिम
जानकारी गराउने गर्नु पर्दछ, नयाँ बसपार्क
क्षेत्रमा होटलमा काम गर्ने एक होटल मजदुरले हामीलाई
सुनाए । गेष्टहाउस छोडेर कोठामै धन्दा गेष्ट हाउस, होटल, डान्सबार र
रेष्टुरेन्टहरुमा प्रहरीको छापाले
यौनकर्मीहरुमा एक किसिमको तरंग ल्याएको छ ।
प्रहरीको छापाले उनीहरु त्रसित
नभएपनि ग्राहकहरु आउन छाडेपछि उनीहरुले
धन्दा संचालन गर्ने नयाँ तरिका अपनाउने गरेका छन् । पछिल्लो समय
नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, ठमेल लगायतका ठाउँहरु
यौनकर्मीको सम्पर्कस्थल बन्ने गरेका छन् ।
शहरका होटल, गेष्ट हाउसहरु
प्रहरीको नजरमा परेपछि उनीहरुले
व्यापारका नयाँ नयाँ तरिकाहरु अपनाउने गरेका छन् । पछिल्लो समय
यौनकर्मीहरुले ग्राहकको घर तथा कोठमा जाने
दखि आफ्नो कोठामा समेत लगेर धन्दा चलाउने गरेको नयाँ बसपार्कका एक
ब्यावसायी बताउँछन् । प्याकेज टुर पछिल्लो समय
यौनकर्मीहरुले
अपनाएको नयाँ शैली हो प्याकेज टूर । आफ्नो धन्दा चलाउन
ग्राहकहरुको साथ
उनीहरुको श्रीमती अथवा प्रेमिकाको रुपमाको उनीहरु
प्याकेज टुरमा काठमाडौं र काठमाडौं बाहिर जाने गरेका छन् ।
यसरी जाँदा आम्दानी पनि राम्रो हुने कसैले
पनि थाहा नपाउने तथा प्रहरीको चेकिङबाट मुक्त हुने
भएकोले यौनकर्मीहरु प्याकेज टुरमा जाने गरेको एक
यौनकर्मीले बताइन ।
0 comments:
Post a Comment