Home » » बिहान उठ्ने बित्तिकै गर्न नहुने कामहरु

बिहान उठ्ने बित्तिकै गर्न नहुने कामहरु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु
बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले
भनेका जीवन सम्बन्धी महत्वपूर्ण
कुराहरुलाई वास्ता नै गर्दैनन् ।
यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु
निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः

१ सहवास नगर्नुस्

विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन ।
विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक
उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ
। सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।

२ ऐना नहेर्नुस्

विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र
मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै
ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव
पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै
देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।

३ बाँदरको नाम नलिनुस्

विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै
बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ
छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

४ तेलको भाँडो र सियो धागो नहेर्नुस्

विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् ।
यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने
शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै
नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

५ घर फोहोर नराख्नुस्

उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् ।
विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ ।
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म
यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved