Home » , » फ्री भिसामा पनि रकम उठाउँछन् म्यानपावर....

फ्री भिसामा पनि रकम उठाउँछन् म्यानपावर....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, २४ मङ्सिर, हवाई टिकट बाहेक अन्य
रकम लिन नपाउने भए पनि म्यानपावर कम्पनीले
'फ्री भिसा' मा रकम लिइरहेका छन् । सरकारले
एउटा पनि म्यानपावर कम्पनीलाई
कारबाही गर्न नसक्दा 'फ्री भिसा' मा रकम
उठाउने प्रवृत्तिमा कमी नआएको हो ।
मलेसिया, संयुक्त अरब इमिरेट्स र कतारले
पछिल्लो समयमा 'फ्री भिसा' कोटा बढाए
पनि नेपाली कामदारले त्यसबाट लाभ लिन
पाएका छैनन् ।
नेपाल लोकतान्त्रिक वैदेशि रोजगार
व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल
ढकालले फ्री भिसामा हवाई टिकटबाहेक अन्य
रकम म्यानपावर कम्पनीले लिन नहुने बताए ।
'फ्री भिसा भनेर श्रम
स्वीकृति लिइसकेपछि पैसा उठाएको जानकारी आएमा सरकारले
कारबाही गरेमा हाम्रो विरोध हुँदैन' उनले भने,
'सरकारले कारबाही गर्नभन्दा म्यानपावर
कम्पनीलाई दोष देखाएर पन्छिनु राम्रो होइन
।'
मलेसिया र खाडी मुलुकको हवाई टिकट ३०
देखि ४० हजार रुपैयाँ लाग्ने भएकाले कामदारले
यसभन्दा बढी रकम तिर्नु नपर्ने व्यवस्था गर्न
सरकार चुकेको छ । कतारका रोजगारदाताले
श्रमिक आपूर्ति गर्न एजेन्टलाई कमिसनसमेत दिने
गरेको आजको नयाँ पत्रिकाले समाचार
छापेको छ ।

राज, लक्की, उपहार ह्युमन रिसोर्सेस र
गणपति ओभरसिजमा फ्री भिसाको कोटा प्रशस्त
मलेसियाको सेक्युरिटी गार्डमा पनि कमिसन
उपलब्ध हुन्छ ।

विभागका शाखा अधिकृत उपेन्द्र
न्यौपानेले फ्री भिसाको प्रयोजन श्रम
स्वीकृति लिन मात्र भएको बताए ।
पछिल्लो समयमा राज, लक्की, उपहार ह्युमन
रिसोर्सेस र
गणपति ओभरसिजमा फ्री भिसाको कोटा प्रशस्त
आएको म्यानपावर व्यवसायीले जनाएका छन् ।
स्पेस म्यानपावरका प्रबन्ध सञ्चालक मदन
खड्काको कम्पनीले फ्री भिसाको कोटा दिए
पनि कम्पनीका एजेन्टले कमिसन लिने गरेकाले
कामदारसँग केही रकम
सेवा शुल्कको नाममा लिनु पर्ने
बाध्यता रहेको जानकारी दिए । 'म्यानपावर
कम्पनीले विदेशी एजेन्टलाई कमिसन दिने
प्रवृत्ति राम्रो पक्ष होइन', उनले भने, 'नेपालले
अब
सरकारीस्तरमा वार्ता गरी फ्री कोटा बढाउनु
पर्छ ।'
तर कामदारले वैदेशिक
रोजगारमा जानका लागि अत्यधिक रकम खर्च
गर्नु परिरहेको छ । नयाँबानेश्वरका विकास
शर्माले
लक्की म्यानपावरको फ्री भिसाको विज्ञापन
देखेर त्यहाँ सम्पर्क गर्दा १ लाख १० हजार
रुपैयाँ तिर्नु पर्ने सर्त राखेको गुनासो गरे ।
'राजधानीमै यस्तो ब्रह्मलुट
हुँदा पनि सरकारका मान्छेले आँखा चिम्लिनु
आश्चर्यको कुरा हो', उनले भने, 'थोरै
पैसा भएका आफूजस्ता कामदारको फ्री भिसामा वैदेशिक
रोजगारमा जाने इच्छा पूरा नहुने भएको छ ।'
संघका पूर्वअध्यक्ष प्रेम कटुवालले सरकारले
प्रभावकारी अनुगमन गर्न नसक्दा सबै
म्यानपावर कम्पनीको छवि बिग्रिएको बताए
। 'गल्ती गर्नेलाई दण्ड र राम्रो काम गर्ने
म्यानपावर कम्पनीलाई पुरस्कार गर्न सरकारले
कन्जुस्याइँ गर्न भएन,' उनले भने, 'वैदेशि रोजगार ऐन
व्यवहारिक नहुँदा पनि समस्या थुप्रिएका छन।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved