भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पछिल्लो समयमा सेक्स बजार विश्वमा नै
फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।
डोमेनिकन गणतन्त्र
विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन
रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६०
हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन
व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत
डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन
गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम
उमेरका महिलासँग यौन सम्पर्क गरिनु
गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश
यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह
व्यापार दिन २ गुणा रात चौगुणाको दरले
बढिरहेको छ ।
कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर,
यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ ।
विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले
पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन
व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् ।
कम्बोडियामा यौन व्यवसायमा बालबालिका
प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज
उठ्ने गरेको छ ।
नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय
गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ ।
त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन
व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने
व्यवसायी प्रशस्तै पाइन्छन् ।
केन्या
अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय
चल्ने देशमा पर्छ । यहाँका मानिसहरु
गरिबीका कारण यौन व्यवसायमा सामेल हुने
गरेका छन् । तर केन्याको यौन बजार विश्वकै
असुरक्षित यौनबजार मध्ये पर्छ ।
ब्राजील
पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र
मिजासिला मानिसहरुका साथै मन लोभ्याउने
समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो ।
यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो
गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै
दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र
पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।
फिलिपिन्स
फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो ।
यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन ।
यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।
कोलम्बिया
कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम
लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन
व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् ।
निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन
बजार फस्टाउदो छ ।
0 comments:
Post a Comment