भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । अनौठा हर्कत र अभिब्यक्तिका कारण
चर्चामा आइरहने भारतीय अभिनेत्री राखी सावन्तले
अर्की अभिनेत्री सन्नी लियोनमाथि अनौठो आरोप
लगाएकी छिन् ।
सन्नी लियोनले अन्य भारतीय अभिनेत्रीलाई
पनि अंग प्रर्दशनका लागि बाध्य पारेको उनले आरोप
लगाएकी छिन् ।
‘मलाइ चुम्बन गर्न कुनै आपत्ति छैन गर्छु, अंग प्रदर्शन
पनि गरिदिन्छु गरेकै छु ।’ बीबीसीसँग कुरा गर्दै
राखीले भनिन्-‘मान्छेहरु चित्त बुझाउदैनन्, सबैले
सन्नीले जस्तो गरोस् भन्छन् ।’
सन्नी लियोनको बलिउडमा आगमन भएपछि धेरै
हिरोइनलाई अंग प्रदर्शन गर्न दबाब
बढेको उनको भनाइ छ ।
अंगप्रदर्शनको पनि एउटा लक्ष्मणरेखा हुने बताउँदै उनले
आफुले त्यो रेखा कहिल्यै क्रस नगर्ने दाबी गरिन् ।
आफुलाई स्पष्टाबक्ता भनेर दाबी गर्ने राखीले आफु
फिल्मी परिवारको सदस्य नभएकै कारण संघर्ष गर्नु
परेको बताउँछिन् । ‘म पनि अभिताभ बच्चन या शत्रुघन
सिन्हाकी छोरी भएको भए यति धेरै आलोचना हुने
थिएन ।’ उनले घरानियाँ कलाकारप्रति कटाक्ष गरिन् ।
लोकसभा चुनाव समेत
लडेकी राखी फेरि पनि राजनीतिमा जोडिने
योजनामा छिन् । तर,
रोजीरोटीका लागि फिल्मको विकल्प
नभएको उनले बताइन् ।

0 comments:
Post a Comment