Home » » ‘म वेश्या होइन, यो मेरो व्यापार हो’

‘म वेश्या होइन, यो मेरो व्यापार हो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सोच्नुस् कुनै युवतीले सोधपुछका दौरान प्रहरीसँग, ‘म
वेश्या होइन, यो मेरो व्यापार हो’ भनिन् भने प्रश्न
सोध्नेले तत्काल के बोल्लान् ? पक्कै पनि एकछिन
अवाक नै बन्नेछन् । घटना भारतको लखनउको हो । एक
कलगर्ल प्रहरीकोमा उजुरीका लागि पुगिन् ।
उनलाई एक आवाराले पाँचतारे होटलमा लगेर
मस्तीमात्रै गरेन, पैसा दिनुको साटो उल्टै लुटेर
भाग्यो । त्यसपछि उनी सहारा खोज्दै
प्रहरीकोमा पुगिन् । सोधपुछका दौरान उनले
दिएको जवाफबाट प्रहरी अफिसरहरु एकछिन त
अवाक नै भए । ती युवतीले आफ्नो पूरै कहानी सुनाईन्
र भनिन्, ‘म सडकछाप वेश्या होइन, प्रष्ट्रिट्युसन इज
माई विजनेश’ । साथै उनले २ करोड
कमाएपछि ब्यूटी पार्लर सुरु गर्ने
योजना बनाएको पनि सुनाउन भ्याइन् ।
प्रहरीका अनुसार ती कलगर्लले
बडी फिटनेसको लागि ट्रेनर र
खानपानको व्यवस्थापनका लागि डाइटिसियन
पनि राखेकी रहिछिन् । अंग्रेजी निकै
राम्ररी बोल्ने उनले
एउटा खान्दानी युवतीको भन्दा राम्रो लाईफ
स्टाइल बिताइरहेकी छिन् । यतिमात्रै होइन आफूले
प्रत्येक महिना हेल्थ चेकअप पनि गराउने
गरेको उनको दावी थियो । यस्तो वयानसँगै
प्रहरीले आरोपीहरुको खोजी थालेको छ भने, उनलाई
पनि वेश्यावृत्तिको आरोपमा जेल पठाउने
तयारी गरेको छ । भारतमा यसरी वेश्यावृत्तिलाई
पेशा बनाउनेहरुको संख्या दिनप्रतिदिन
बढिरहेको भारतीय अनलाइन एबिपी न्यूजमा खबर छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved