Home » , » छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष कैद.....

छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष कैद.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काभ्रे : आफ्नै छोरीमाथि पटकपटक बलात्कार
गरेको अभियोगमा पनौतीको सुब्बा गाउँ बस्ने
प्रकाश कार्कीलाई जिल्ला अदालतले २ लाख
जरिवाना सहित १८ वर्ष कैद
सजायको फैसला गरेको छ।
जिल्ला न्यायधीश गोपालप्रसाद बास्तोला एकल
इजालसले मंगलबार यस्तो फैसला सुनाएको हो।
जबरजस्ती करणी ३ (४) नं. बमोजिम ८ वर्ष कैद र२ नं.हाडनाता करणी १० वर्ष गरी १८ वर्ष कैद र दुई लाखरुपियाँ सहितको क्षतिपूर्तिको फैसला भएको जिल्ला काभ्रेका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले
जानकारी दिए।
१९ वर्षिया आफ्नी छोरीलाई विगत ६ वर्ष
देखि लगातार बलात्कार गरेको भन्दै पिडित छोरीले
असोज २ गते जिल्ला प्रहरीमा उजुरी गरेको थियो।
पछि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले
भदौ ८ गते पक्राउ गरेको थियो। ४७ वर्षिय बाबु
प्रकाश १० वर्षदेखि बलात्कार गर्दै आएको पीडितले
प्रहरी बयानमा उजुरी गरेकी थिइन्।
पहिले झैं साउन ३० गते पनि बाबु प्रकाशले बलात्कार
गरे पछि पीडा सहन नसकी बिष सेवन गरी पिडितले
आत्महत्याको प्रयास
गरेको अवस्थामा धुलिखेलको जंगलबाट स्थानीयले
उद्धार गरि धुलिखेल अस्पताल पुर्याएका थिए।
अस्पतालमा उपचारपछि उनले आत्महत्याको कारण
खुलाउने क्रममा घटना सार्वजनिक भएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved