भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोहा (कतार), पुस २४ - कतार सरकारले राष्ट्रिय
दिवसको अवसर पारेर जेलमा रहेकामध्ये ३०
नेपाली कैदीलाई आममाफी दिएको छ ।
नेपाली दुताबासका अनुसार
आममाफी पाएका कैदीहरु सन् २००४ देखि सजाय
भोगिरहेका नेपाली छन् ।
चोरी, भिसा तस्करी, हत्या, लागुऔषध, मादक
पदार्थ सेवन गरी गाडी चलाएकोदेखि दुब्र्यबहार
गरेका मुद्दामा सजाय पाइरहेका नेपाली कैदीले
आममाफी पाएको दुतावासले जनाएको छ ।
आममाफी पाएकामा राजन परियार, चन्दनप्रसाद
शाह, रमेश महतो, दुखिया रायन, मुक्तियार मुसलमान,
भुपबहादुर, चोकलाल भट्टराई, चन्द्रशेखर यादव,
टिका गोपाली, सुर्दशन मगर, विष्णु दराई छन् ।
खड्गबहादुर मगर, बर्दनबुढा मगर, गणेशबहादुर कनाउङ्गे,
उत्तिमलाल मखिया, सुरज रोका, प्रकास थापा,
पशुराम बिके, सुर्यबहादुर, सोम बिके, तनुकलाल यादब,
श्रीबहादुर अधिकारी, अमरबहादुर थारु, लक्षमण
गौतम, बिमल श्रेष्ठ, लाल श्रेष्ठ, धनबहादुर रोका,
इन्द्रबहादुर र शंकर बिकेले पनि माफी पाएका छन् ।
अनियन्त्रीत भई गाडी चलाएको भन्दै अदालतले
खडबहादुर मगरलाई २० हजार रियाल
जरिवाना सहित एक बर्षको सजाय
सुनाएको थियो । चन्द्रशेखर पछि सबभन्दा लामो समय जेल बस्ने बर्दन बुढा मगर हुन् ।
उनी लागुऔषध ओसरप्रसारको मुद्दामा सन् २००४
अक्टुबर २ बाट जेल बस्दै आएका थिए । उनलाई १० बर्षको सजाय र दुई लाख
रियालको जरिवाना तोकेको थियो ।
उनको जरिवाना मिनाहा गरिदिएको छ ।
गैरकानुनी भिसा तस्करी गरेको मुद्दामा राजन
परियारले ६ महिनाको जेल सजाय
भोग्नुपरेको थियो । रक्सी खाएर
गाडी चलाएको मुद्दामा दुखान रायनलाई २० हजार
रियालको जरिवाना तोकेको थियो ।
मदिरा सेवन र बिक्री गरेको मुद्दामा थनुकलाल
यादबलाई एक बर्षको सजाय तोकेको थियो ।
दुतावासका अनुसार, चोरीको मुद्दामा सजाय
पाएकाले आममाफी पाए यात्रामा रोक भने
खुलेको छैन । 'केही ब्यक्तिको यात्रामा लगाएको रोक
हटिसकेको छैन्', कार्यवाहक राजदुत गणेश ढकालले भने, 'बाँकी स्वदेश फिर्ने प्रक्रियामा छन् ।'
0 comments:
Post a Comment