भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं— राजधानीको चावहिल
चुच्चेपाटीस्थित ब्यापारिक भवन केएल टावरबाट
हाम्फालेर एक युवकले आत्महत्या गरेका छन्। मुस्ताङ
स्थायी घर बइ गोंगबु बस्दै आएका ३३ वर्षीय विष्णु
शेरचनले शुक्रबार पाँचौं तल्लाबाट
हाम्फाली आत्महत्या गरेका हुन्।
हाम्फालेर घाइते भएका उनलाई प्रहरीले तत्कालै
नजिकैको ओम अस्पताल पुर्याएको थियो। ओमले
शिक्षण अस्पताल महारजागञ्ज रेफर
गर्यो त्यहाँका डाक्टरले उनलाई मृत घोषित गरे।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी प्रमुख
डिएसपी राकेश सिंहका अनुसार शेरचन चावहिल
स्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा मानसिक
रोगको उपचार गराइरहेका थिए। उनी गोंगबुबाट
उपचार गराउन चाबहिल गएका थिए। 'घटना के
हो भनेर सिसिटिभीमा हेर्दा उनी आफैँले
हाम्फालेको देखियो', सिंहले भने, 'विस्तृत अनुसन्धान
भइरहेको छ।'
0 comments:
Post a Comment