Home » » राष्ट्रपतीय निर्वाचन परिणाम नआउँदै राजापाक्षेद्वारा हार स्वीकार....

राष्ट्रपतीय निर्वाचन परिणाम नआउँदै राजापाक्षेद्वारा हार स्वीकार....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, २५ पुस– श्रीलंकाका निवर्तमान
राष्ट्रपति महेन्दा राजापाक्षेले राष्ट्रपतीय
निर्वाचनको परिणाम आउनुअघि नै हार स्वीकार
गरेका छन् ।
आइतबार भएको निर्वाचनको अन्तिम परिणाम
आउनुअघि नै राजापाक्षेले हार स्वीकार गरेका हुन् ।
राजापाक्षेले आफ्नो सरकारी निवाससमेत
खाली गरेको उनका सूचना अधिकृतलाई उद्धृत गर्दै
बीबीसीले जनाएको छ । सन् २००५ यता लगातार
सत्तामा रहेका राजापाक्षे
तेश्रो कार्याकालका लागि चुनावी मैदानमा उत्रिएका थिए
राष्ट्रपतीय निर्वाचनमा राजपक्षेलाई
उनका पूर्वसहयोगी मैथ्रिपाला सिरिसेनाले टक्कर
दिएका थिए । सिरिसेना राजापाक्षे
सरकारका स्वास्थ्यमन्त्री थिए । श्रीलंकाका सन्
२००९ मा गृहयुद्ध समाप्त
भएपछि चुलिएको उनको लोकप्रियतामा पछिल्लो समय
ह्रास आएको थियो ।
सत्तामा गएपछि पक्षपात गरेको आरोप
उनीमाथि लागेको छ । मुलुकको शासन
सत्ता सञ्चालनको महत्वपूर्ण ओहोदामा परिवार र
आफन्तलाई स्थान दिएको आरोप राजापाक्षेलाई
लागेको थियो ।
आलोचना बढ्दै गएपछि उनले राष्ट्रपतिको कार्यकाल
सकिन दुई वर्ष बाँकी छँदै राष्ट्रपति निर्वाचन
घोषणा गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved