भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लामो समयको अफियर पछि आज
भन्दा करिव ७ वर्ष अधि नायक मुकेश ढकालसँग
लगनगाठोकसेकीनायिकामेलीनामानन्धरलाई
हनिमुन मनाउन नपाएको आज दुःख
लाग्दो रहेछ । नायिका मानन्धरले चलचित्र
नगरिबाट गुमानाम
रहेका बेला यस्तो प्रतिकृया दिएकी छन् ।
संयुक्त परिवारमा बेहुली बनेर
भित्रीएकी उनलाई परिवारको चाहना बुझ्नु
पर्ने पनि बाध्यता थियो ।
परिवारको चाहना बुझेर मात्रै उनले हनिमुन
मनाउन नपाएको भने हैन रहेछ ।
विवाहको केही दिनमै
चलचित्रको छायांकन परेकाले
हनिमुनको मौका नपाएकी हुन ।
पारिवारीक वातावरण मन पराउने उनलाई
छोरीहुँदाजस्तोबुहारीहुँदामनकोकुराखोल्न
सजिलो भएनछ । सबै कुरामा उनका श्रीमान
सहयोगी हुँदा हुँदै पनि मन
लागेको कुरा गरिहाल्न चाहि उनले सकिनछन्
। मुकेश घरमा नहुँदा एक्लो महशुस गर्ने उनलाई
श्रीमान बाहिर नगईदिए हुन्थ्यो भन्ने
लाग्थ्यो रे ।
विवाहको एक
महिना पछि कार्यक्रममा बाहिर जाने
मौका पाएका मेलिना मुकेशको जोडिलाई
कार्यक्रम आयोजकले
पोखरामा हनिमुनका लागि होटेलमा हनिमुन
रुम बुक गरिदिएछन् । तर, केक शपले
उनीहरुको त्यो रात तनावमा बितेछ ।
त्यो संझदै उनी भन्छिन, ‘साँझपख होटेलबाट
घुम्न बाहिर निस्किएका थियौं ।
बाटोमा एउटा बेकरी सप देखेँ। मलाई केक
खान मन लाग्यो। मैले उहाँसँग भनिहालेँ।
उहाँ कुन मुडमा हुनुहुन्थ्यो कुन्नि,‘तिमीलाई
जति बेला जे देख्यो त्यही चाहिने रु
भन्नुभयो । सामान्य तरिकाले उहाँले
भन्नुभएको कुरा भए पनि मलाई
नराम्रो लाग्यो। त्यसपछि मेरो मुड नै
बिग्रियो । रातभर मुड ठीक भएन ।
नबोली रिसाएरै रात बित्यो। भोलिपल्ट
बिहानमात्र बोलचाल भयो ।’
उनी थप्छिन ‘रातभर उहाँले
पनि यति सानो कुरामा किन
रिसाएको भनेर फकाएको भए हुन्थ्यो तर
फकाउनुभएन । मैले पनि आफ्नो मनलाई
सम्झाउने प्रयास गरिनँ । त्यो रात हामीले
निकै रमाइलोसँग बिताउन सक्थ्यौं।
त्यति सानो कुरामा त्यो रमाइलो पल
गुमायौं । पछि धेरै पछुतो लाग्यो । कहिले
कामको व्यस्तता, कहिले विभिन्न समस्या।
हनिमुन भनेर कतै जान पाएनौं ।’

0 comments:
Post a Comment