भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १९ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
‘प्रचण्ड’ ले माओवादी नेता मातृका यादव र
पूर्वमन्त्री जेपी गुप्तालाई सडक
आन्दोलनमा सहकार्यको आग्रह गरेका छन् ।
प्रचण्डले सोमबार यादव र गुप्तासहित गोपाल ठाकुरलाई भेटेर
आन्दोलनमा मिलेर काम गर्न प्रस्ताव गरेका हुन् ।
प्रचण्डले संविधानसभाबाट विगतका सहमति र
सम्झौताका आधारमा संविधान बनाउन दबाब दिने भन्दै सडक
संघर्षमा साथ दिन आग्रह गरेको यादवले काठमाण्डु टुडेलाई
बताए ।आफूहरुले वर्तमान संविधानसभाबाट
जनताको पक्षमा संविधान बन्ने सम्भावना समाप्त भएकाले
संविधानसभा छाडेर सडक संघर्षमा आए मिलेर अघि बढ्न तयार
रहेको जवाफ दिएको जानकारी यादवले दिए ।
‘उहाँले सडक संघर्षमा सहकार्यको प्रस्ताव
राख्नुभएको थियो’, यादवले भने,
‘एमाओवादी संविधानसभा छाड्न तयार भए साथ
दिन्छौं भनेका छौं ।’उनका अनुसार जवाफमा प्रचण्डले अहिल्यै
संविधानसभा छाड्दा प्राप्त उपलब्धी थप संकटमा पर्ने र
जनताले आफूहरुमाथि प्रश्न गर्ने भन्दै भरसक सडक संघर्षकै
बलमा संविधानसभाबाट अधिकतम जनपक्षीय संविधान
बनाउन जोड दिने नीतिमा आफूहरु रहेको बताएका थिए ।

0 comments:
Post a Comment