Home » » पूर्वराजा ज्ञानेन्द्रसँग जम्काभेट हुँदा के भयो?

पूर्वराजा ज्ञानेन्द्रसँग जम्काभेट हुँदा के भयो?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पूर्वराजा ज्ञानेन्द्र र एमाले उपाध्यक्ष द्वय
बिद्या भण्डारी र युवराज ज्ञवाली तथा एमाले
नेता मोदनाथ प्रश्रीतबीच विराटनगर
बिमानस्थलमा अचानक जम्का भेट भयो । शुक्रबार
जम्काभेट पछि पूर्वराजा ज्ञानेन्द्र र उपाध्यक्ष
भण्डारी एउटै विमानमा काठमाडौँ आएका थिए ।
जम्का भेटमा पूर्व राजासँग केही अनौपचारिक र
भ्रमणको विषयमा मात्र कुराकानी भएको उपाध्यक्ष
ज्ञवालीले  जानकारी दिए ।
‘हामी विमानस्थलको अति विशिष्ट
कक्षमा पुग्दा उपाध्यक्ष भण्डारीसँग
उहाँको कुराकानी भइरहेको थियो’ उनले भने
हामी सँग केही अनौपचारिक गफगाफ मात्र भयो ।’
भेटका क्रममा पूर्व राजाले उपाध्यक्ष
भण्डारीको स्वास्थ्य अवस्थाबारे
चासो राखेका थिए । त्यस बाहेक अन्य राजनीतिक
विषयमा कुराकानी नभएको उनले बताए । ‘भेट
भएपटि केही अनौपचारिक विषयका कुराकानी त हुने
नै भयो’ उनले भने ‘त्यस बाहेक अन्य
विषयमा केही कुराकानी भएन ।
पार्टी कामको शिलशिलामा पूवर्जाञ्लचमा रहेका
नेतात्रय र पुर्वाञ्चलको एक महिने भ्रमण सिध्याएर
काठमाडौँ फर्किन लागेका पूर्व राजाबीच
विमानस्थलमा अचानक जम्काभेट भएको थियो ।
एमाले नेताहरू एकाएक विशिष्ट कक्षमा प्रवेश
गर्दा सुरूमा त सुरक्षाकर्मी असमञ्जसमा परेका थिए ।
पछि एमाले नेता बताएपछि उनीहरूलाई भित्र प्रवेश
गर्न दिएको पनि ज्ञवालीले बताए ।
‘हामीहरूबीच नमस्कार आदान–प्रदान भयो,
सञ्चो बिसञ्चोको कुरा भयो, केही सामान्य
कुराकानी पनि भयो ।
उहाँ पनि हतारमा हुनुहुँदो रहेछ, अन्य
विषयमा कुराकानी गर्ने वातावरण थिएन’ उनले भने ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved