Home » » नेपाली क्रिकेट टीमलाई पाकिस्तान भ्रमणको निम्तो ...

नेपाली क्रिकेट टीमलाई पाकिस्तान भ्रमणको निम्तो ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१८ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले
नेपाली क्रिकेट टीममा पाकिस्तान
भ्रमणको निम्तो दिएको छ । तर, नेपाल क्रिकेट संघ
क्यानले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुख शहायर खानले
नेपालसँगै नेदरल्याण्ड र नामिबियाको राष्ट्रिय
टीमलाई क्रिकेटका लागि पाकिस्तान
बोलाएको जानकारी दिए । उनका अनुसार
श्रीलंका, बंगलादेश, जिम्बाबेले जुनियर टीम पठाउने
आश्वासन दिएको बताएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुखको दाबीबारे
बुझ्दा क्यानका अधिकारीहरुले पनि प्रस्ताव
अएको स्वीकार गरेका छन् । तर सुरक्षाका कारण
नेपाली टीमले पाकिस्तान भ्रमण गर्ने
इच्छा नदेखाएको स्रोतले बतायो ।
सन् २००९ मा लाहोरमा श्रीलंकाको क्रिकेट
टीममाथि आतंकवादी आक्रमण भएपछि कुनै
पनि अन्तराष्ट्रिय टीमले पाकिस्तान भ्रमण
गरेको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved