Home » » आजको राशिफल

आजको राशिफल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं.२०७१ साल फागुन २९ गते। शुक्रबार। इश्वी सन् २०१५ मार्च १३ तारिख।

मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कठिन चुनौती सामना गर्नुपर्ला। सानातिना काम
र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। तापनि,
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले
काममा तत्परता देखाउन सक्छन्। आस मारेको फल
पुनः प्राप्त हुन सक्छ।
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।
गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ।
बृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने
बेला छ। मानसम्मान पनि पाइनेछ। दिन मनोरञ्जनपूर्ण
रहनेछ। व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ।
व्यावसायिक यात्रा सम्भावना छ।
पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान
सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ।
नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण
सम्मान पाइएला।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
अधिकार सुरक्षा गर्न जुट्नुपर्ने समय छ। केही चुनौतीहरू
देखिनेछन्।
अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला।
तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन
सकिनेछ। ढिलै भए पनि विशेष लाभ हुनेछ। शत्रु र
रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–
मामिलामा पनि विजयी भइने योग छ।
गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य
फाइदा हुनेछ।
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
प्रतिकूल परिस्थितिका बीच पनि उन्नति गर्न
सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ। सुखद समाचारले
उत्साहित भइनेछ। काममा पनि बिस्तारै
फाइदा हुनेछ। कृषि र पशुपालनमा लाभ मिल्नेछ।
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रतिष्ठित
काम सम्पादन गर्ने मौका छ।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा परिवारजनको सहयोग जुटाउन
सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य
लाभ मिल्नेछ। विश्वासपात्रबाट धोका पाइने समय
छ, सचेत रहनुहोला। मान्यजनसँग असमझदारी बढ्न सक्छ।
विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ।
मान्यजनको सुझाव अप्रिय लाग्नेछ।
महत्वाकांक्षी योजना गोप्य राखेर
अघि बढ्दा फाइदा हुनेछ।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र
काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र
व्यावसायिक काममा उत्साहजनक सफलता मिल्नेछ।
प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। पराक्रम र
उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने
समय छ।
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक वादविवादमा परिएला, विचारलाई
तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले
पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात
पर्न सक्छ। दैनिक काममा पनि विघ्नबाधा हुन सक्छ।
आर्थिक अभावले सताउने देखिन्छ।
सोचेको फाइदा नउठ्न सक्छ। तापनि, प्रयत्न
गर्दा व्यावसायिक काममा सामान्य
फाइदा उठाउन सकिनेछ।
बृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला।
ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर,
यथार्थमा लाभ भने कमै मिल्नेछ। तापनि,
पारिवारिक भेटघाटको समय छ। विशेष
व्यक्तित्वलाई भेट्ने मौका आउला। स्वादिष्ट
भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन
सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने
सम्भावना छ, सचेत रहनुहोला।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अलि अन्यायमा परिएला, सचेत रहनुपर्ने बेला छ।
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै
कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्।
प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला।
आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट
भने सामान्य लाभ लिन सकिनेछ।
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित
मूल्यांकन होला। पढाइलेखाइमा प्रगति हुनेछ। समय
उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ।
पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। प्रशस्त
आम्दानी बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कृषि तथा पशुपालनमा त्यति लाभ नभए
पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मान–सम्मान पाइनेछ। अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
पनि सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने
बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि,
वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
व्यापारमा प्रशस्त फाइदा हुनेछ। ढिलै सम्पादन भए
पनि आजको कामबाट राम्रै फाइदा हुनेछ।
प्रतिष्ठा पनि बढ्नेछ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यावसायिक काममा खर्च बढ्नेछ।
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत
रहनुहोस्। अरूका काममा समय बित्न सक्छ।
समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला।
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ।
सानातिना काममै अल्झनुपर्ला।
धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक
काममा पनि अवरोध आउला।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved