Home » » आजको राशिफल

आजको राशिफल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं. २०७२ साल भदौ १७ गते। बिहीबार। इश्वी सन् २०१५ सेप्टेम्बर ३ तारिख....

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकेही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। काममा केही चुनौती आइलाग्लान् । दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला । पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। थप जिम्मेवारी पाइएला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउनेछन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । नसोचेको धन तथा भौतिक वस्तु लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापारमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्यमा असमझदारी वा प्रतिस्पर्धाको समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइने सम्भावना देखिन्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । विवादमा परिने सम्भावना छ धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved