Home » » कसैले तपाइँलाई प्रेम गर्छ कि गर्दैन यसरी थाहा पाउनुस....

कसैले तपाइँलाई प्रेम गर्छ कि गर्दैन यसरी थाहा पाउनुस....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जोडीहरु एक अर्कालाई सोध्ने गर्छन् । ‘के तिमीले
मलाई साँच्चिकै मायाँ गर्छौं ?’ यो आम प्रश्न हो ।
अव भने यो प्रश्न सोध्ने झन्झट गर्नु नपर्ने भएको छ । अव
तपाइँको जीवनसाथीले तपाइँलाई प्रेम गर्छ कि गर्दैन
भन्ने पत्ता लगाउन सकिने भएको छ । चीन र
अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका
शोधकर्ताहरुले प्रेमी प्रेमिका वा पति पत्निबीच
प्रेम भए नभएको पत्ता लगाउन सकिने प्रविधीको
आविस्कार गरेको दावी गरेका हुन् ।
यो प्रविधीबाट एक अर्काको प्रेम मापन गर्न सकिने
उनीहरुको दावी छ । उनीहरुले एक एमआरआइ गरेर
मानिसको दिमागको त्यो भागको जाँच गर्नेछन् जो
प्रेमको समयमा अधिक सक्रिय हुन्छ । प्रेममा भएको
समयमा सक्रिय हुने मस्तिस्कको उक्त भाग जाँच गरेर
कसले कसलाई कति प्रेम गर्छ भन्ने जाँच्न सकिने
शोधकर्ताहरुको दावी छ ।
कुनै पनि ब्यक्तिको मनमा कुनै ब्यक्तिप्रति प्रेम छ भने
उक्त ब्यक्तिलाई भेट्दा दिमागको उक्त भागमा
भावनात्मक नियन्त्रणको प्रक्रिया देखिने र
सक्रियताका आकारमा प्रेम मापन गर्न सकिने
शोधकर्ताहरुले बताएका छन् ।
यो शोध फ्रन्टियर्स इन ह्यूमन न्यूरोसाइन्स जर्नलमा
प्रकाशित गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved