भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडाैं-डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँग
मुठभेडमा मारिएपछि कम भएको गुन्डागर्दी फेरि
मौलाउन थालेको छ । सक्रिय हुन थालेको सूचना
पाएपछि प्रहरीले गुन्डाविरुद्द अपरेसन सुरु गरेको छ ।
प्रहरीले मंगलबार काठमाडौंमा सक्रिय गुन्डाका दुई
नाइकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध
महाशाखाले चक्रपथ क्षेत्रमा सक्रिय दीपक तालु
तथा काभ्रेली समूहका सञ्जीव स्याल भनिने सञ्जिव
लामालाई पक्राउ गरेको हो ।
प्रहरीले सोमबार पनि नक्सालका सञ्जय डंगोललाई
पक्राउ गरेको थियो । पुराना डन राजु
गोर्खालीलाई दुई साताअघि पक्राउ गरी चेतावनी
दिएर प्रहरीले छाडेको छ ।
गुन्डा सक्रिय हुन थालेकाले केहीलाई पक्राउ
गरिएको र केहीलाई निगरानीमा राखेर अनुसन्धान
भइरहेको महाशाखाका एसएसपी पुष्कर कार्कीले
बताए । ‘केही गुन्डाले आफ्नो गतिविधि बढाएको
सूचना पाएका छौं,’ एसपी कार्कीले भने,‘गुन्डाका
जराहरु उखेल्नेतर्फ हामी लागेका छौं ।’
अपराध महाशाखाले २७ फागुनमा टेन्डरमा गुन्डागर्दी
गर्ने सात जनालाई पक्राउ गरेको थियो ।अाजकाे
नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment