भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अफ्रिकाका डान्सबारमा पाँच सयभन्दा बढी
नेपाली युवती पुर्याइएका छन् । रेष्टुरेन्टमा आकर्षक
रोजगारीको प्रलोभनमा देखाई उनीहरुलाई त्यहाँ
पुर्याएर वेश्यावृत्तिमा लगाइने गरिएको छ ।
अफ्रिकाका केन्या,तान्जानियालगायतका देशमा
नेपाली युवती लगी बिक्री गर्ने गिरोहलाई नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले
पक्राउ गरेको छ ।
‘पक्राउ परेका भारतीय नागरिकसहितका
सातजनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो
। उनीहरुले युवतीहरुलाई मोडलिङ गराई कलाकारका
रुपमा ती देश पठाउने गरेको अनुसन्धानमा खुलेको छ ।
उक्त गिरोहले चार वर्षदेखि युवतीहरुलाई
अफ्रिका,दुबई तथा मलेसियालगायतका देशमा पठाउँदै
आएका थिए । उक्त समूहबाट मात्रै पाँच सयभन्दा धेरै
अफ्रिकाका डान्सबारहरुमा पुगिसकेको
सिआईबीका अधिकारीले बताएका छन् । युवतीलाई
वेश्यावृत्तिमा लगाइने गरिएको प्रहरीको भनाइ छ ।

0 comments:
Post a Comment