Home » » अब सलमानसँग एउटै छतमुनी बस्नेछिन् कट्रिना...

अब सलमानसँग एउटै छतमुनी बस्नेछिन् कट्रिना...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत ४ – बलिउडमा बार्बी गर्लको नामले
चर्चित अभिनेत्री कट्रिना कैफको जतिबेला चर्चा
हुन्छ, अभिनेता रणबीर कपुरको पनि चर्चा भइहाल्छ ।
सबैलाई थाहा छ कि यी दुई लिभ–इन रिलेसनमा
बसिरहेका छन् । तर यहाँ तपाईंहरुको जानकारीको
लागि एउटा खबर छ ।
कट्रिना अब दबंग खान अर्थात सलमानसँग एउटै छत मुनी
बस्नेछिन् । यो भनिसक्दा तपाईंमध्ये धेरैले भिन्न
प्रकारले बुझ्नुभयो होला तर यहाँ विषय अर्को छ ।
वास्तवमा कट्रिना कैफ निकै चर्चित वाक्स म्युजियम
‘म्याडम तुसाद’ मा देखापर्ने भएकी छिन् ।
यो म्युजियममा पहिले नै सलमान खानसमेत अमिताभ
बच्चन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, माधुरी
दिक्षित, सचिन तेन्दुल्कर, करिना कपुर र ऋतिक
रोशनको मूर्ती रहेको छ । यहाँ सलमान र कट्रिनाको
मूर्ती एउटै छतमुनी हुनेछ तर उनीहरुबिच केहि
कुराकानी भने हुनेछैन ।
कट्रिनाको लागि यो संग्रहालयमा आफ्नो मूर्ती
बन्नु भनेको विशेष हो किनभने कट्रिना लण्डनमा नै
पढेकी र बढेकी हुन् । आउँदो मार्च २७ मार्चमा
कट्रिना कैफ म्याडम तुसादको हिस्सा बन्नेछिन् ।
म्याडम तुसादको लागि पनि कट्रिनाको मूर्ती
विशेष हुनेछ किनभने उनी डान्सिङ पोजमा हुनेछिन् ।
जबकी धेरैजसो सेलिब्रिटीको मूर्ती उभिएको
अवस्थामा रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved