भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एक दिवसीय विश्वकप क्रिकेट
प्रतियोगिता अन्तर्गतका क्वाटरफाईनल खेलहरु
आजबाट सुरु हुँदैछन् ।
समुह चरणको समाप्तीसँगै दुई दिनको विश्रामपछि
आजबाट नक आउट खेलहरु सुरु हुँदैछन् ।
क्वाटरफाईनलको पहिलो खेलमा आज एसियन पावर
हाउस श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन् ।श्रीलंका समुह ए मा तेस्रो स्थान ओगट्दै क्वाटरफाईनलमा पुगेको हो भने दक्षिण अफ्रिका समुह बी मा दोस्रो हुँदै
क्वाटरफाईनलमा पुगेको हो ।
जारी प्रतियोगितामा लगातार चार शतक बनाएर
विश्व किर्तीमान राखेका श्रीलंकाका
ब्याट्सम्यान कुमार सांगाकारा र एकै खेलमा १ सय
६२ रन बनाएर सनसनी मच्चाएका दक्षिण अफ्रिकी
ब्याट्सम्यान एबी डे भिलायर्सविचको भिडन्तमो
रुपमा आजको खेललाई लिइएको छ ।
अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार आज
विहान सवा ९ वजे सुरु हुने खेल दुबै टोलीको लागि
निकै चुनौतीपुर्ण हुनेछ ।

0 comments:
Post a Comment